अनशनर हिन्दु सर्मथकहरु पक्राउ

150
  •  
  •  
  •  

काठमाडौं ११ कात्तिक(ओएनएस) : काठमाडौं नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग रख्दै्र अनशनरत हिन्दु सर्मथकहरुलाई प्रहरीले पक्राउ गरे पछि अन्य समर्थकहरुले नाराबाजीसहित जुलुस प्रदर्शन गरिरहेका छन् ।

श्रीश्रीश्री स्वामी निवास आचार्य तथा उनका समर्थक  रिले अनसन बसिरहेको रत्नपार्क्स्थित शान्तिबाटिकामा प्रहरीले हस्तक्षेप गरेपछि तनावको स्थीती सिर्जना भएको हो ।

बैशाख ८ गतेदेखि स्वामी निवासको नेतृत्वमा त्यहाँ रिले अनसन चल्दै आएको छ । महानगरपालिकाले प्रहरीको सहयोगमा मंगलबार बिहान सातजना अनसनकारीलाई त्यहाँ पक्राउ गरेर लगेको छ  । साथै रिले अनसनका लागि बनाइएका पाललगायतका संरचना पनि प्रहरीले हटाएको छ ।

स्वामी निवासलाई प्रहरीले घेरेर राखेको छ। स्वामी निवासले हिन्दु  धर्म र संस्कृतिका लागि आफू अनसनमा बसेको र सरकारले अपमान गरेको बताए ।

प्रदर्शनकारीले धर्मनिरपेक्षता खारेज गर, गौहत्या बन्द गर, गृहमन्त्री राजीनामा दे, मौलिका संस्कृति मास्न पाइदैन, ओमकार परिवार हौं, धर्म परिवर्तन गर्नेलाई कारबाही गर जस्ता नारा लगाइरहेका छन्।


  •  
  •  
  •