बन्ने भो रेखा थापाको ‘रामप्यारी’

100
  •  
  •  
  •  

अन्ततः नायिका रेखा थापाले निर्देशन गर्ने दोश्रो चलचित्रको नाम र बिषयवस्तु खुलेको छ ।  वुधवार हिम्मतवालीको पत्रकार भेटघाटका लागी रेड स्टुडियोमा भेटिएका रेखा आफैले ‘राम प्यारी’ नामक चलचित्र निर्माण तथा निर्देशन गर्न लागेको खुलाएकी हुन् ।

त्यसो त यो चलचित्रमा लिड रोलमा रेखा ‘टेम्पो ड्राईभर’को रुपमा देखा पर्दैछिन् । फागुनबाट सुटिङ सुरु हुने चलचित्रले नेपाली महिला टेम्पो ड्राईभरको कहानी बोल्ने भनिए पनि रेखाले कसैको वास्तविक कथामा आफुले चलचित्र बनाउन लागेको नभई नेपाली महिला टेम्पो ड्राईभरहरुको वास्तविकतालाई पर्दामा उतार्नको लागी यो क्यारेक्टरको जन्म भएको बताईन् ।

हालसम्म पनि टेम्पोमा यात्राको अनुभव नलिएकी रेखाले महिला टेम्पो ड्राईभरहरुको आँखामा विभिन्न पात्रहरुदेखेको भन्दै उनीहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई सिनेमामा जोड्न खोजेको बताईन् ।  जहाँ रेखा एक टेम्पो ड्राईभर मात्र नभई ‘डबल रोल’मा अक्रो सम्पन्नसाली परिवारकी महिला पात्रको रुपमा पनि देखिनेछिन् ।

निर्माता, निर्देशक र मुख्य कलाकार अहिलेलाई म नै ‘फिक्स’ हुँ, नयाँ हिरो हुनेछ, भन्दै नाम नखुलाएकी रेखाले चलचित्रमा बसन्त सापकोटाको संगीत रहने बताईन् । चलचित्र रेखा फिल्मस् को ब्यानरमा निर्माण हुनेछ । जसको लागी सुटिङ सुरु हुनु अगावै कुनै दिन टेम्पो चढेर यात्रुको अनुभव पनि लिने सोचना रहेको रेखा बताउँछिन् ।

चलचित्रको कथा पनि रेखाको नै हुनेछ । रोजगारी तथा काम गर्नु जुनकुनै काम भएपनि सम्मानित पेशाको रुपमा लिनुपर्ने भन्दै रेखाले सानो काम भनेर हेप्ने सामाजिक प्रवृतीको बिरोध पनि चलचित्रले गर्ने घुमाउरो पाराले बताईन्।


  •  
  •  
  •