सुदर्शनले सम्मान पाउने भएपछि रेखा मख्ख

111
  •  
  •  
  •  

काठमाडौं, असार ३ (ओएनएस) ।
फिल्मपिच्छे नयाँ अभिनेता जन्माउछु, भन्ने अभिनेत्री रेखा थापालाई गफ दिने अर्काे मौका मिलेको छ । पहिलो पटक निर्देशकका रुपमा हिम्मतवाली बनाएकी रेखाले मुख्य भूमिकामा दुबै हात गुमाएका सुदर्शन गौतमलाई अनुबन्धित गरेर ठूलै हिम्मत देखाइन् । सुदर्शनको क्षमता, अभिनय र रेखासँगको प्रेम प्रसंगबारे चर्चा चलिरहेकै बेला रेखालाई थप उर्जा मिल्ने समाचार सार्वजनिक भएको छ ।

“हो सुदर्शनलाई नेपाली दर्शकले सम्मान गर्नूृ अगाबै उसको राष्ट्रले सम्मान गर्दैछ”, रेखालाई खुलाइन्, “क्यानेडियन सरकारले हल अफ फेम पदवीबाट उसलाई सम्मान गर्ने घोषणा गरेकोछ ।”

आगामी नोभेम्बर ३ मा सुदर्शनले क्यानेडेली संसदबाट उक्त पदबी ग्रहण गर्ने बताइएको छ । पदबी पाउने घोषणा भएलगत्तै सुदर्शनले आफ्नो सफलतालाई रेखा र र हिम्मतवालीमा समर्पित गरेका छन् । “मलाई थप उर्जा महसुस भइरहेको छ, अझै ति सब काम गर्नेछु जुन मेरा लागी च्यालेन्जीङ होस्’, खुसी सार्वजनीक गर्दै उनले ओएनएसन्युजसँग भने, “अब नेपाली फिल्ममा पनि सफल हुने धोको छ ।’ गौतमको सम्मान स्वरुप उनको फाइन आर्टस् पोट्रेटलाई राष्ट्रिय म्युजियम र संसद भवन परिसरमा राखिने छ ।

शारिरिक असक्षमताका बाबजुत सुदर्शनले सगरमाथाको सफलता पूर्वक आरोहण गरेका थिए । आरोहणकै दौरानमा रेखासँग नजिकीन पुगेका उनी अहिले रेखाको “रिल” र “रियल” नायक बन्न पुगेका छन् । शारिरिकरुपमा फरक क्षमताका व्यक्तिका लागि उनी राम्रो उदाहरण बन्न सक्ने बताउदै रेखा भन्छिन्, “फिल्मका हरेक सिनलाई उनले न्याय गरेका छन् , दुबै हात नभए पनि उनी खुलेर नाच्छन्, रोमान्स गर्छन् र फाइट पनि खेल्छन् ।”


  •  
  •  
  •