फेरी बोलिन रेखा र भनिन्,‘छवी स्वास्नी तह लगाउन नसक्ने मान्छे हो’

131
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस) : नेपाली सिनेमामा ‘कन्ट्रोभर्सी’ को अर्का नाम रेखा थापा  बन्न थालेको छ । सिनेमा भित्रका कुरा हुन् या व्यक्तीगत कुरा रेखा थापा प्याच्च बोल्न पछि नपर्ने अभिनेत्रीमा गनिन थालेकीछन् । व्यक्तिगत टिकाटिप्पणी गर्नु, पत्रकारले लेखेको बिषयमाथि विचार नै नपुर्याई खनिनु उनको बिशेषता बन्न थालेको छ ।

rekha 3

अझै पछिल्लो समय त, छवी ओझासँगको सँँम्बन्धलाई लिएर उनी फेुसबुकमा छताछुल्ल हुनथालेकीछन् । लुकाउनुपर्ने घटनालाई समेत मिडियामा स्थान पाउने दाउका रुपमा प्रयोग गर्न खप्पिस छिन् रेखा । छवी ओझसँगको सम्बन्धलाई पाखा लगाउने क्रममा उनी संचारमाध्यममा अनावश्यक रुपमा छाउने कोशिसमा लागिन् । सम्बन्ध टुट्यो तर शाब्दिक प्रहारमा उनी अझै चुकेकी छैनन् । त्यसैले त भन्छिन्, ‘छवी ओझा स्वास्नी तह लगाउन नसक्ने जोइटिङग्रे हो ।’ आफ्नो भनाईले आफैैलाई कमजोर सावित गरेको अड्कल भने पाउन सकेकीछैनन् रेखाले

rekha 6

उता छवी भने रेखाको प्रसंगमा कुरा गर्न चाहान्नन् । ‘जसलाई मैले बनाए, उसकै फूर्ति चर्का छ, म उसको कुरा गर्न चाहान्न । उनलाई बोल्ने स्वतन्त्रता छ, तर म अनावश्यक बोल्न चाहान्न ।’ आफूसँग भेट हुनु अघि छवी भाडामा बसेको र आफैले उसलाई घर किनेर साहारा दिएको बताउदै उनी भन्छिन्, ‘छुट्टिनेबेलामा आफूले कमाएको सम्पतीसमेत उसलाई भाग लगाइदिए, गाडी पनि आफ्नै पैसामा किनिदिए, तै पनि उ सुघ्रेन ।’


  •  
  •  
  •