रेखाका फ्यानले मञ्चमैै चुम्वन गरेपछि

160
  •  
  •  
  •  

काठमाडौं, ११ साउन (ओएनएस) : नेपालगञ्जमा शनिबार आयोजना भएको सास्कृतिक कार्यक्रममा रेखा थापालाई अकस्मात एक यूवकले चुम्वन गरेपछि बबाल भएको छ । कार्यक्रममा नृत्य र केही संवोधन गर्न स्टेज उक्लिएकी रेखालाइ एक यूवकले सफलताको हात मिलाउने क्रममा अनायसै चुम्वन गरेपछि उनलाई मर्नू भएको थियो ।

मदिराको नशामा लठ्ठ भएका यूवक बारम्बार आफू रेखाको फ्यान भएको दोहोर्याइरहेका थिए । अवस्थालाई सम्हाल्न पुलिसले लाठी चार्ज समेत गर्नू परेको थियो । निकै आकर्षक गेटअपमा रेखा आफ्नो नया सिनेमा ‘हिम्मलवाली’ को प्रमोशन गर्ने दौरानमा नेपालगञ्ज पुगेकी थिइन् ।

रेखा निकट स्रोतका अनुसार पश्चिमका दर्शकमाझ सिनेमाको प्रमोशन गर्ने उदेश्यले उनी ‘तथास्तु’ को सुटिङबाट फुर्सद निकालेर नेपालगञ्ज पुगेकी थिइन् । रेखा निकट स्रोतका अनुसार पश्चिमका दर्शकमाझ सिनेमाको प्रमोशन गर्ने उदेश्यले उनी ‘तथास्तु’ को सुटिङबाट फुर्सद निकालेर कार्यक्रममा भाग लिन पुगेकी थिइन् । प्रहरी स्रोतका अनुसार उपद्रो गर्ने व्यक्तिको पहिचान नखुलाउन रेखा आफैले पहल गरिन् । कार्यक्रमको अन्त्यमा उनले ती व्यक्तीलाई भेटेर केही सल्लाह समेत दिएको बताइएको छ ।


  •  
  •  
  •