जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

130
  •  
  •  
  •  


काठमाडौं । एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान रिहा भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा रिहा भएकी हुन् । थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको प्रहरीले जनाएको छ । तीन दिनअघि पक्राउ परेकी प्रधानलाई रिहा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ बुधबार बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।


  •  
  •  
  •