दक्षिण कोरियाका प्रधानमन्त्रीद्धारा पदबाट राजीनामा

460
  •  
  •  
  •  

काठमाडौं १४ वैशाख (ओएनएस) : दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा दिएका छन् । केहीदिन अघि भएको पानी जहाज दुर्घटनाको कारण देखाउँदै उनले पदबाट राजीनामा दिएका हुन् । उनले यति ठूलो घटना भइरहँदा पनि आफु पदमा बस्नु उचित नहुने भन्दै राजीनामा दिएको बताएका छन् ।  
डुंगा दुर्घटनामा २ सय यात्रु डुबेको पुष्टि भएको छ भने १ सय जना अझै समुद्रमा हराइरहेका छन् । डुंगामा ४ सय ७६ मानिस सवार थिए । त्यो घटनापछि मृतक तथा वेपत्ताका आफन्तले नारावज् र विरोध प्रदर्शन गरेका थिए । 
दक्षिण कोरिया सरकारले  उद्धारका लागि सबै शक्ति लगाएको जनाएको छ । तर, वेपत्ता तथा मृतकका परिवारले ढिलो भएको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री वानले  यसअघि नै राजीनामा दिन चाहेको भएपनि प्रवन्ध मिलाउन ढिला भएको बताएका छन् । मौजूदा हालात का प्रबंधन गर्नु प्हिलो प्राथमिकता भएकाले ढिलो राजीनामा दिएको उनको भनाई छ ।

  •  
  •  
  •