रेड कार्ड देखाएपछि रेफ्रीको गोली हानी हत्या

350
  •  
  •  
  •  

red-cardकाठमाडौँ, ६ फागुन(एजेन्सी) : एक फुटबल खेलाडीले अर्जेन्टिनामा एक खेलका क्रममा रेड दिएको झोकमा रेफ्रीलाई गोली हानी हत्या गरेका छन् ।

४८ वर्षीय सीजर फ्लोरेसलाई सेन्ट्रल कार्डोबा शहरमा स्थानीय टोलीबीच भइरहेको खेलमा रेफ्री बनेका बेला गोली हानिएको हो । उनले एक खेलाडीलाई फल गरेको भन्दै रेड कार्ड दिएर मैदानबाट आउट गराएका थिए ।

समाचारमा जनाइए अणुसार युवा खेलाडी मैदानबाट निकालिएपछि आफ्नो सामान भएको स्थानमा पुगेर त्यहाँबाट पेस्तोल लिएर फर्क्यो र फ्लोरेसलाई केही गोली प्रहार गरेको थियो ।

रेफ्रीलाई घटनापछि अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको छ र रेफ्री फ्लोरेसको हत्या गर्ने खेलाडी अहिले फरार रहेको र प्रहरीले खोजी गरिरहेको समाचारमा जनाइएको छ ।


  •  
  •  
  •