सभासद भएकै दिन गणेश थापाविरुद्ध अदालतको अवहेलना मुद्दा

110
  •  
  •  
  •  

सभासदमा मनोनित भएकै दिन अखिल नेपाल फुटबलसंघ एन्फाका अध्यक्ष गणेश थापा विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

ललितपुरको फ्रेण्ड्स क्लवले एन्फा, एन्फाका अध्यक्ष थापा र महासचिव धिरेन्द्र प्रधानले अदालतको अवहेलना गरेको भन्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

आफूहरुले यसअघि अदालतमा हालेको मुद्दा फिर्ता लिन दवाव दिएर एन्फाले अदालतको अवहेलना गरेको दावी रिटमा गरिएको छ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा रेफ्रिले धाँधली गरेको र त्यसबारे एन्फाले छानबिन नगरी उल्टै आफूहरुलाई कारवाही गरेर अन्याय गरेको भन्दै फ्रेण्ड्स क्लवले २०७० माघ २० गते  पुनरावेदन अतालतमा मुद्दा हालेको थियो । त्यो मुद्दा अहिले पनि अदालतमा विचाराधिन नै छ ।

खेल क्षेत्रका मुद्दा अदालतमा लैजान नमिल्ने भन्दै एन्फाले फ्रेण्ड्स क्लवलाई मुद्दा फिर्ता लिन दवाव दिँदै आएको थियो । मुद्दा फिर्ता नलिएमा एन्फाले फ्रेण्ड्स क्लवलाई एक वर्षका प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो । यसरी मुद्दा फिर्ता लिन दवाव दिन अदालतको अवहेलना हुने दावीसहित फ्रेण्ड्स क्लवले पुनरावेदन अदालतमा पाटनमा मुद्दा हालेको हो ।


  •  
  •  
  •