३ वर्षमा ब्रिटिस सैनिकमा काम गरिरहेका १५ सय गोर्खाले अवकाश पाउने

216
  •  
  •  
  •  

काठमाडौ, २ चैत (एजेन्सी) : ब्रिटिस सेनामा आगामी ग्रिष्म ऋतुमा सेवाको २ सय वर्ष पुरा गर्न लागेका गोर्खा सैनिकहरूलाई झड्का लाग्ने भएको छ । बेलायतले सेनाको संख्या व्यापक कटौती गर्ने भएपछि गोर्खा सेनाका करिब १५ सय सैनिकले आगामी ३ वर्षभित्र अवकाश पाउने भएका हुन् ।

यसरी अवकाश पाउन सक्ने गोर्खाहरूमा पहिलो बटालियन रोयल गोर्खा राइफल्स लगायत ६ सय अनुभवी गोर्खाहरूलाई प्रत्यक्ष प्रभाव पर्न सक्ने बेलायतबाट प्रकाशित हुने सण्डे एक्स्प्रेसले जनाएको छ । पूर्व वायुसेनाका कमाण्डर मेजर जनरल मार्क कार्लेटन स्मिथले भविष्यको योजना तथा सैनिक घटाउने विषयमा प्रतिवेदन पेश गरेका थिए ।

यदी उक्त योजना कार्यान्वयन भएमा करिब १५ सय नेपाली सैनिकले ३ वर्षभित्र अवकास पाउने छन् । तर, दोस्रो गोर्खा बटालियनमा भने कुनै कटौती हुने छैन् । उक्त बटालियनलाई ब्रुनाईले सहयोग गरेको कारण सैनिक कटौती नहुने बताइएको छ ।

बेलायतको रक्षा मन्त्रालयले योजनाका विषयमा केही जानकारी नदिएपछि गोर्खा सैनिकहरूलाई ‘फ्युचर फोर्स २०२०’ अन्तर्गत कटौती गर्न लागिएको बताइएको छ । तर, स्रोतहरूका अनुसार सेनाम गरिन लागेको उक्त कटौती ‘फ्युचर फोर्स २०२०’ अन्तर्गत होइन ।

१८ महिना अघिको उक्त योजना अनुसार बेलायतमा सैनिक ८२ हजार सैनिक मात्र रहने गरी कटौती गर्ने बताइएको थियो ।यो महिनाको सूरूवातमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरूनले आगामी मे मा हुने निर्वाचनपछि सैनिक कटौती गरेपनि रक्षा बजेट घटाउन सक्ने ग्यारेन्टी गर्न नसकिने बताएका छन् ।

स्रोतका अनुसार बेलायती सेनामा कटौती हुन लागिरहेको छ र सेनाको संख्या ६२ हजार सम्म पुग्ने सम्भावना छ । तर, हामीले निकै विचार गरिरहेका छौ की यी सेनाबाट कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ ? यसमा एक गोर्खा बटालियनमा कटौतीको योजना पनि रहेको छ ।

गोर्खा सैनिकहरू पहिले देखि नै संकटमा थिए, उनीहरू लामो समय बाँचेका कारण पनि उनीहरू संकटमा रहेको बताइएको छ । उनीहरू सस्तो भएकाले पहिले उनीहरूको माग गरिने भएपनि अहिले उनीहरूले पाउने सुविधाका कारण अहिले संकटमा परेका हुन् ।

एक भूतपूर्व गोर्खा सैनिकको भनाईलाई उदृत गर्दै एक अर्को स्रोतले भनेको छ, ‘मैले पहिले नै भनेको थिए, गोर्खा सैनिकहरूलाई एउटा मात्र बटालियन बनाउने गरी कटौतीको सूचीमा राखिएको छ । यसले १६ सय भन्दा बढि सैनिकले अवकाश पाउने सम्भावना रहेको छ ।’

यस्तै, ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष तिकेन्द्र दल देवानले भने, ‘हामीलाई विश्वास छ सैन्य कटौतीमा पनि समान व्यवहार अपनाइने छ । तर,हामीले सम्झने पर्ने कुरा के छ भने केही समय अघि गरिएको कटौतीमा १३ हजार गोर्खाबाट ३ हजार पुगेको थियो । हामीले चार वटा रेजिमेन्ट गुमाएका छौ ।’

उनले गोर्खा बटालियनको कटौती गर्ने निर्णय कमजोरी र हतारमा हुन लागेको बताएका छन् । उनले यदी पछि सैन्य भर्ना गर्नुपर्ने अवस्था आएमा बेलायतबाट त्यसको पूर्ती हुन नसक्ने र नेपालबाट नै पूर्ति गर्नुपर्ने हुनाले नेपालले त्यतिबेला थप समस्या सिर्जना गर्न सक्छ भनेका छन् ।

उनले भने, ‘हामीले अहिले समान अधिकारको मूल्य चुकाउनुपर्ने भएको छ तर, अहिलेपनि त्यो राम्रो नै छ किनकी अहिले हामीले दोस्रो दर्जाको सैनिकको रुपमा काम गर्नुपरेको छैन् ।’


  •  
  •  
  •