रेडपाण्डाको छालासहित दुई पक्राउ

109
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक (ओएनएस) : दुर्लभ वन्यजुन्तु रेडपाण्डाको छालासहित २ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले  ४ वटा रेडपाण्डाको छालासहित रसुवा यार्सा –१ घर भई काठमाण्डौं माछापोखरी बस्ने शेर छुवाङ  तामाङ्ग  र नुवाकोट चौधडा  ७ घर भई  माछापोखरी नै बस्ने रामशरण भन्ने सिताराम राईलाई पक्राउ गरेको हो ।

महाशाखाले छाला विक्रि गर्न हिडिरहेका बेला पक्राउ गरि जिल्ला वन कार्यालय काठमाण्डौंमा बुझाईएको जनाएको छ ।


  •  
  •  
  •