काठमाडौ, ४ असार(ओएनएस) : दुर्लभ बन्य जन्तु रेडपाण्डाको छाला १ थानसहित २ जनालाई तारकेश्वर नगरपालिका–१७ नागपोखरीबाट महानगरीय अपराध महाशाखाले बिहिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका मनमैजु बस्ने उदयपुर त्रियुगा नगरपालिका–४ का २८ वर्षीय सुरेश तामाङ र मनमैजु बस्ने रुकुम महत गाबिस–४ का ३२ वर्षीय मोहन रोका रहेका छन् । बिक्री वितरण गर्न लिई हिँडेको अवस्थामा उनीहरुको साथबाट झोलासहित १ थान रेडपाण्डाको छाला प्रहरीले बरामद गरेको छ ।
उनीहरुलाई आवश्यक कानुनी कारबाहीको लागि महाशाखाले शुक्रबार जिल्ला बन कार्यालय हात्तीसार काठमाडौं पठाएको छ ।