रेडक्रस सोसाइटीमा सरकारले हस्तक्षेप गरेको भन्दै भत्सना(विज्ञप्तिसहित)

526
  •  
  •  
  •  

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिनाले सरकारले रेडक्रसमा हस्तक्षेप गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

डा.तिम्सिनाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । सरकारले गएको जेठ ३१ गते दोस्रो पटक पुनः प्रा. सुर्दशनप्रसाद नेपालको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो ।

डा. तिम्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले मिति २०७८ जेष्ठ ३१ गते दोश्रो पटक पुनः गैरकानुनी निर्णय गरी विवादास्पद छविका व्यक्तिहरुलाई राखेर प्रा. सुर्दशनप्रसाद नेपालको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको सन्दर्भमा गम्भिर ध्यानकर्षण भएको छ ।’

यस्तै तिम्सिनाले नेपाल रेडक्रसलाई सुधार गरी गतिशिल, पारदर्शी र स्वचालित संस्था निमार्ण गर्नको लागि आफुहरुले गरेको प्रयासमा सरकारबाट कथित रेडक्रसकर्मी तथा स्वार्थ समूहलाई संरक्षण गर्दै तदर्थ समितिमा समावेश गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेश (०७८–WO–७२३)  विपरित तदर्थ समिति माथि तदर्थ समिति बनाउने कार्य अत्यन्तै खेदजनक तथा भत्र्सनायोग्य भएको पनि बताएका छन् ।

यस्तै तिम्सिनाले रेडक्रसमा आफुहरुले गर्न खोजेको प्रयास र रेडक्रसकर्मीका नाममा केही रेडक्रसकर्मी र तिनिहरुबाट रेडक्रसको अग्रगमनमा भएको अवरोधको सन्दर्भमा जानकारी गराउन संक्षिप्त धारणा समेत राखेका छन् ।

यस्तो छ धारणा


  •  
  •  
  •