रेडक्रसको ४८ औँ महाधिवेशन स्थगित गर्न प्रशासनको निर्देशन

129
  •  
  •  
  •  

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको ४८ औँ महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । प्रशासनले यहि चैत २८ गतेदेखि हुने भनिएको निर्वाचनसहितको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

प्रशासले रेडक्रसलाई संस्था नविकरण गर्न गराउन पटक-पटक निर्देशन दिएपनि आलटाल गरि नविकरण नगरेको उल्लेख गरिएको छ । ‘सोसाइटीको च.न.१७५ मिति २०७७-०६-१२ र च.न.१७८ मिति २०७७-०६-१४ को पत्रहरु प्राप्त भइ व्यहोरा अवगत भयो । सो सम्बन्धमा संस्था नविकरणको लागि प्रत्येक वर्षको लेखा परीक्षणप्रतिवेदनलाई साधारणसभाले पारित गरेको महानगरपालिकाको सिफारिस, करचुक्ता प्रमाणपत्र समेत पेश गर्न यस कार्यालयबाट च.न.५१४ मिति २०७६-०९-०१ को पत्रबाट ११ बुदेँ निर्देशन दिए बमोजिमका कागजातहरु उपलव्ध भएपछि मात्र संस्थाको नविकरण हुने, संस्थाको नविकरण नगराई अधिवेशन एव निर्वाचन र अन्य गतिविधि गर्दा संस्थाको वैधानिक माथि प्रश्न उठ्ने भएको हुँदा संस्था नविकरण गर्न गराउन पटक पटक निर्देशन दिएकोमा आलटाल गरी हाल सम्म नविकरण नगरेको र काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमण उच्च चरमा वृद्धि भइ रहेको सन्दर्भमा सरकार मीन्त्रपरिषद मिति २०७७-०५-२९ को निर्णय बमोजिम कुनै पनि सभा, समारोह र सम्मेलन लगायतका कार्यत्रम गर्न रोक लगाएको अवस्थामा त्यस सोसाइटीको मिति २०७७-०६-२८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन सहितको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन अर्को आदेश नभएसम्मको लागि स्थगित गर्न नराउन निर्देशन दिइएको व्यहोरा आदेशानुसार अनरोध छ’ पत्रमा भनिएको छ, ।’

रेडक्रले यहि असोज २८, २९ र ३० गते केन्द्रीय सभाको ४८ औँ महाधिवेशनको कार्यकतालिका सार्वजनिक गरेको थियो ।

 


  •  
  •  
  •