सरकारलाई छलेर दाताबाट सहयोग

265
  •  
  •  
  •  

काठमाडौं ७ असार (ओएनएस्) : नेपाल रेडक्रस सोसाइटीले बर्षौदेखि अवैध रुपमा विदेशी दाताको सहयोग लिने गरेको छ । समाज कल्याण परिषद्को स्वीकृतिविना सहयोग लिन नपाइने कानुन भएपनि रेडक्रसले वाषिर्क झन्डै एक अर्व विदेशी दाताबाट सहयोग लिने गरेको छ ।
नेपालमा सञ्चालित जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले दाताबाट आर्थिक सहयोग लिनुअघि समाज कल्याण परिषद्को स्वीकृति लिनुपर्ने हुन्छ ।
तर, नेपाल रेडकक्र सोसाइटीले विदेशी र स्वदेशी दाताबाट सहयोग लिँदा कुनै पनि वर्ष परिषद्को स्वीकृति लिएको छैन् ।

समाजकल्याण परिषद्का सदस्यसचिव रवीन्द्रकुमार यादवले रेडक्रसमा दाताको सहयोग अवैध रहेको बताए । दाताबाट सहयोग लिनुपूर्व परिषदको स्वीकृति नलिदएकाले रेडक्रसको सवै आर्थिक कारोबार अबैध हुने उनको भनाई छ ।
‘नेपाल रेडक्रस सोसाइटी संस्था ऐन, ०३४ अनुसार दर्ता भएको छ । ऐनको दफा १५ अनुसार कुनै गैरसरकारी संघसंस्थाले दाताबाट सहयोग लिनुपूर्व परिषद्को स्वीकृति लिनैपर्छ । सहयोगमा भौतिक, आर्थिक, मानवीय, प्राविधिक सवै पर्छ,सदस्यसचिव यादवले भने,’ऐनअनुसार संघसंस्थाले विदेशी तथा व्यक्तिवाट मात्र होइन, नेपाल सरकारवाट समेत सहयोग लिनुपूर्व परिष्दाको स्वीकृति लिनुपर्छा । तर रेडक्रस सोसाइटीले त्यसो गरेन । उसले विना स्वीकृति दाताबाट सहयोग लिइरह्यो । त्यसैले उसको सम्पूर्ण कारोबार कानुनविपरित हो, अबैध हो ।’

नयाँपत्रिकाबाट


  •  
  •  
  •