रोमाञ्चक खेलमा रातो टोली १ रनले विजयी

207
  •  
  •  
  •  

Philip cricketकाठमाडौ, २८ चैत(ओएनएस) : बलले लागेर निधन भएका अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा खेलिएको श्रद्धाञ्जलि खेल सम्पन्न भएको छ । किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाका खेलाडी रहेका रातो टोलीले नेपाली खेलाडी मात्र रहेको निलो टोलीमाथी १ जित हासिल गरेको छ ।

१ सय ६४ रनको विजय लक्ष्य पछ्याएको निलो टोली ३१ ओभर ३ बल खेल्दै १ सय ६२ रन जोडेपछि रातो टोली १ रनले विजयी भएको हो । निलो टोलीका लागि प्रारम्भिक ब्याटस्म्यान महेश क्षेत्रीले ५८ रनको शानदार पारी खेलेका थिए भने आफ्नो अन्तिम खेल खेलेका कप्तान बिनोद दासले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा ४१ रन जोडेका थिए । यस्तै, नरेश बुढाएरले २७ रन, पारस खड्काले २० रन जोडेका थिए । रातो टोलीका लागि बसन्त रेग्मीले ३ विकेट लिएका छन् भने सोमपाल कामीले १ विकेट लिएका छन् ।

खेलमा टस हारेर ब्याटिङ थालेको रातो टोलीले निर्धारित ३१ ओभर ३ बलमा आफ्ना विकेट गुमाएर १ सय रन जोडेपछि निलो टोलीलाई जितका लागि १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ । रातो टोलीका लागि शरद भेष्वाकरले अर्धशतकीय पारी खेल्दै ५२ रन जोडेका थिए भने अन्य ब्याटस्म्यानको प्रदर्शन उत्कृष्ट रहन सकेन । टोलीका लागि कप्तान रायन कार्टरले १६ रन, परेश लोहनीले १५ रन, सुवास खकुरेलले १४ रन, टिम एण्डरसनले १३ रन, म्याथु इलियटले १२ रन जोडेका थिए ।

यस्तै, निलो टोलीका लागी सञ्जम रेग्मी र रामनरेश गिरीले समान २-२ विकेट लिएका छन् भने बिनोद दास, करन केसी, पारस खड्का, भुवन कार्कीले समान १-१ विकेट लिएका थिए ।

ह्युजले आफ्नो अन्तिम टेस्टमा अविजित ६३ रन बनाएकाले दुवै पालीलाई मिलाएर ६३ ओभरको खेल भइरहेको हो । यो खेल नेपाल क्रिकेट संघ क्यानको पहलमा भएको हो । खेलमा निलो टोलीको नेतृत्व आफ्नो अन्तिम खेल खेलिरहेका नेपालका पूर्वकप्तान बिनोद दास गरिरहेका छन् भने रातो टोलीको नेतृत्व अष्ट्रेलियाका पूर्व क्रिकेटर रायन कार्टरले गरिरहेका छन् । ह्युजले एकदिवसीय अन्तराष्ट्रिय र टेस्टमा लगाउने टिसर्ट र उनले प्रयोग गर्ने ब्याटलाई आरोही दलमार्फत सगरमाथाको चुचुरोमा पुर्याउने पनि कार्यक्रम छ ।


  •  
  •  
  •