पूर्वसभासद गायत्री साहको नाममा रातो पासपोर्ट किर्ते गर्ने पक्राउ

425
  •  
  •  
  •  

Sita chhanyanकाठमाडौ, २७ चैत(ओएनएस) : पूर्वसंबिधानसभा सदस्य गायत्री साहको कुटनैतिक पासपोर्ट किर्ते गर्ने एक महिला पक्राउ परेकी छिन् ।

साहको ०१९८२७ नम्बरको रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगपछि फरार रहेकी म्याग्दीकी ३२ वर्षिया सीता छन्त्याल भन्ने लीला छन्त्याललाई नेपाल प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनीबिरुद्ध अनुसन्धान पश्चात मुद्धा दायर गरिएको थियो । उक्त पासपोर्टमा आफ्नो फोटो टाँस गरी अष्ट्रेलिया जानको लागि आबुधावीबाट डिपोर्ट गरी नेपाल फर्काइएकोमा एयरपोर्टबाट फरार भएकोमा शुक्रबार पक्राउ गरिएको हो ।

उनलाई शुक्रबार काठमाडौंबाट नियन्त्रण लिई आवश्यक अनुसन्धान कार्य भैरहेको छ ।

यता पूर्वसभासद गायत्री साह पनि रातो पासपोर्ट दुरुपयोगको मुद्दा खेपिरहेकी छिन् ।


  •  
  •  
  •