रेडपाण्डाको छाला सहित एक युवा पक्राउ

223
  •  
  •  
  •  

काठमाडौं, २५ फागुन (ओएनएस) : रेडपाण्डाको छालासहित प्रहरीले एक युवालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा प्यूठान नौपानि गाँउ पालिका वडा नं. ३ घर भई हालका काठमाडाैँ २६ मित्रनगर बस्ने ३० वर्षीय चन्द्र बहादुर बुढा रहेका छन्।

बिहीबार टोखा नगरपालिका १० गणेशस्थान स्थितमा केही मानिसहरुले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सुचनाको अाधारमा तत्काल महानगरीय प्रहरी वृत्त महाराजगंज र प्रभाग गोगंवुबाट संयुक्त रुपमा खटिएकाे प्रहरी टाेलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा निरज प्रधानको २ तले घरमा संचालनमा रहेको नमस्ते क्याफेबाट बुढालार्इ पक्राउ गरेकाे हाे।

बुढासँग रहेकाे संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला १ थान प्रहरीले बरामद गरेकाे हाे । बुढालार्इ आवश्यक कारवाहीको लागि शुक्रबार जिल्ला वन कार्यालय हात्तिसार , काठमाण्डौ पठाईएको महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता डिएसपी माेहन थापाले बताए।

 


  •  
  •  
  •