रातो पाण्डाको छालासहित ३ जना पक्राउ

110
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको मैतीदेवीस्थित घट्टेकुलोबाट प्रहरीले रातो पाण्डाको २ थान छाला सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका घर भएका ३१ वर्षीय निमा गोलु तामाङ, सोलुखुम्बु सल्लेरी गाउँपालिका–५ घर भएका २१ वर्षीय निमा दावा तामाङ र ट्याक्सी चालक ललितपुर धापाखेल बस्ने रामेछाप सुनापाती गाउँपालिका–२ घर भएका २६ वर्षीय अनुप खपांगी मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा मैतीदेवी सेतो पुलबाट घट्टेकुलोतर्फ आउँदै गरेको बा.२ ज ४६२१ नम्बरको ट्याक्सीलाई जाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला परेपछि उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको प्रहरीले ट्याक्सीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •