‘रेड कार्पेट’ उडाएपछि……..

143
  •  
  •  
  •  

काठमाडौं ९ मंसिर (ओएनएस) : १८ औं सार्क सम्मेलनमा भाग लिन सार्क मुलुकका राष्ट्र सरकार प्रमुख काठमाडौंमा आइपुगिसेका छन् । सबै राष्ट्र सरकार प्रमुख मंगलबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए ।

श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजापक्षे सर्वप्रथम विमानास्थलमा अवतरण गरेपछि ‘रेड कार्पाेट’ पार गर्दै नेपाली सेनाले दिएको सालामी ग्रहण गर्न आएका थिए । तर जब राजापाक्षे विमानस्थालबाट लुम्बिनीको लागि हेलिकप्टर चडे उनले केहि बेरअघि पार गरेको ‘रेड कार्पोट’ एकाएक उडायो ।

रेड कार्पाेट उडाएपछि विमानस्थलमा हलचल मच्चियो । भिभिआईपी पाहुनाको लागि बिछ्याइएको रेड कार्पाेट उडाएपछि सुरक्षाकर्मीहरुले हतार–हतार मिलाएका थिए । यसले सरकारले सार्कको लागि गरेका तयारी तथा ब्यवस्थापन हतपतको काम लतपत देखाएको छ ।


  •  
  •  
  •  

Comments are closed.