विश्वकप क्रिकेटमा बनेका १५ कीर्तिमान यस्ता छन्…

263
  •  
  •  
  •  

काठमाडौ, १६ चैत : विश्वकप क्रिकेट २०१५ आइतबार सम्पन्न भएको छ । उक्त विश्वकप क्रिकेट प्रतियोगिता अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले यो जीतसँगै पाँच पटक विश्वकप जितेर सर्वाधिक उपाधी जित्ने कीर्तिमान कायम गरेको छ भने विश्वकपका क्रममा विभिन्न कीर्तिमानहरू कायम भएका थिए । विश्वकप क्रिकेट २०१५ का दौरान बनेका मुख्य कीर्तिमानहरू यस्ता छन्:

सर्वाधिक शतकको रेकर्ड

martin guptilप्रतियोगिता अवधीभर ३६ शतक बनेको थियो । यो कुनै पनि विश्वकपमा बनेको सर्वाधिक शतक हो । शतक प्रहार गर्ने खेलाडीमा कुमार सांगाकारा(४, ५४१ रन), मार्टिन गुप्टिल(२, ५४७ रन), शीखर धवन(२, ४१२ रन), ब्रेण्डन टेलर(२, ४३३ रन), तिलकरत्ने दिल्सन(२, ३९५ रन), मोहम्मद महमुदुल्लाह(२, ३६५ रन), एबि डिभीलियर्स(१, ४८२ रन), स्टिभन स्मिथ(१, ४०२ रन), फाफ डु फ्लेसिस(१, ३८० रन), डेभिड वार्नर(१, ३४५ रन), क्रिस गेल(१, ३४० रन), हासिम अमला(१, ३३३ रन), रोहित शर्मा(१, ३३० रन), ग्लेन म्याक्सवेल(१, ३२४ रन), डेभिड मिलर(१, ३२४ रन), सैमन अनवर(१, ३११ रन), विराट कोह्ली(१, ३०५ रन), लाहिरू थिरिमन्ने(१, ३०२ रन), सुरेश रैना(१, २८४ रन), आरोन फिन्च(१, २८० रन), पोर्टरफिल्ड(१, २७५ रन), कोटजर(१, २५३ रन), जोयस(१, २४६ रन), मार्लोन स्यामुअल्स(१, २३० रन), जोय रूट(१, २०२ रन) र मोइन अली(१, १९२ रन) रहेका छन् ।

लगातार ४ शतकको कीर्तिमान

Sri Lanka v Scotland - 2015 ICC Cricket World Cupश्रीलंकाका कुमार सांगाकाराले लगातार ४ शतक प्रहार गर्दै एकदिवासीय क्रिकेट तथा विश्वकप क्रिकेटमा लगातार ४ शतक बनाउने क्रिकेट खेलाडीको कीर्तिमान कायम गरेका छन् । उनले जारी विश्वकपमा बंगलादेश, इङल्याण्ड, अष्ट्रेलिया र स्कटल्याण्डविरूद्ध शतक प्रहार गर्दै विश्वकप तथा एकदिवसीय क्रिकेटमा लगातार शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । सांगाकाराले इङ्ल्याण्डबिरुद्ध नटआउट ११७,  बंगलादेशबिरुद्ध नटआउट १०५ रन, अस्ट्रेलियाबिरुद्ध १०४ रन र स्कटल्याण्डविरूद्ध १२४ रन जोडेका थिए ।

विश्वकपमा पहिलो दोहोरो शतक

Chris-Gyaleजिम्बाबेबिरुद्धको खेलमा वेष्ट इण्डिजका क्रिस गेलले दोहोरो शतक प्रहार गर्दै विश्वकप क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । गेलले १९ महिनापछि शतक प्रहार गर्ने क्रममा दोहोरो शतक प्रहार गरेका हुन् । अष्ट्रेलियाको क्यानाबेरामा भएको खेलमा गेलले २१५ रन प्रहार गरे । सम्हालिएर ब्याटिङ गरेका गेलले इनिङको अन्तिम बलमा आउट हुनुअघि १४७ बल खेल्दै १६ छक्का र १० चौका प्रहार गरे । यो स्कोर छिटो दोहोरो शतक रेकर्ड समेत हो । एकदिवसीय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने गेल पाँचौ खेलाडी बनेका छन् ।

दोहोरो शतकको अर्को कीर्तिमान

marti guptilवेष्ट इण्डिजविरूद्धको क्वाटरफाइनल खेलमा न्युजिल्याण्डका प्रारम्भिक ब्याटस्म्यान मार्टिन गुप्टिलले दोहोरो शतक प्रहार गर्दै क्रिस गेललाई पछि पारेका थिए । उनले मात्र १ सय ६३ बल खेल्दै २४ चौका र ११ छक्का प्रहार गर्दै २ सय ३७ रन जोडेर विश्वकपमा एकै इनिङमा सर्वाधिक रन जोड्ने ब्याटस्म्यान बनेका छन् । गुप्टिलले दोहोरो शतक प्रहार गर्ने क्रममा १ सय ५२ बलको सामना गर्दै २० चौका र ८ छक्का प्रहार गरेका थिए ।

फाइनल खेल्ने र खेलाउने धर्मसेना पहिलो व्यक्ति

Kumar-Dharmasenaश्रीलंकाका कुमार धर्मसेना विश्वकपको फाइनल खेल्ने र फाइनलमा अम्पायरिङ गर्ने पहिलो व्यक्ति बनेका छन् । श्रीलंकाले १९९६ मा विश्वकपको उपाधी जित्दा उनी श्रीलंकाली टोलीका सदस्य थिए । श्रीलंकाले अष्ट्रेलियालाई पराजित गर्दै विश्वकपको उपाधी जितेको थियो ।

 

विश्वकपमा म्याकुलमको नयाँ रेकर्ड

brendon mccullumप्रतियोगीतामा न्युजिल्याण्डका कप्तान ब्राण्डम म्याकुलमले तिव्र गतिको अर्धशतक प्रहार गर्दै आफ्नै रेकर्ड तोडेका छन् । उनले मात्र १८ बलमा ५० रन पुरा गरेका थिए । यसअघि उनले २० बलमा अर्धशतक प्रहार गरेर विश्वकप क्रिकेटमा कीर्तिमान कायम गरेका थिए ।

 

एबि डिभिलियर्सको कीर्तिमान

ab de villiersदक्षिण अफ्रिकाका एबि डिभिलियर्सले मात्र ६४ बलमा १ सय ५० रन जोडेर एकदिवसीय क्रिकेटमा सबैभन्दा तिव्र गतिको १ सय ५० रन जोड्ने कीर्तिमान कायम गरेका छन् । तिव्र गतिको १ सय ५० रन जोड्ने क्रममा डिभिलियर्सले ६६ बलमा १ सय ६२ रन जोडेका थिए । यसका लागि उनले १७ चौका र ८ छक्का प्रहार गरेका थिए ।

यस्तै, डिभीलियर्स विश्वकपमा तिव्र गतिको शतक बनाउन भने चुकेका थिए । उनले ५२ बलमा शतक प्रहार गरेर दोस्रो तिव्र गतिको शतक बनाउने खेलाडी बनेका छन् । यसअघि केभिन ओब्रायनले मात्र ५० बलमा इङल्याण्ड विरूद्धको खेलमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए ।

एक इनिङमा सर्वाधिक रनको कीर्तिमान

अष्ट्रेलियाले अफगानिस्तानविरूद्धको खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएको थियो । अष्ट्रेलियाले अफगानिस्तानबिरुद्ध ६ विकेटको क्षतिमा ४१७ रन जोड्दै भारतको रेकर्ड तोडेको हो । यसअघि भारतले बर्मुडाबिरुद्ध ५ विकेट गुमाएर ४१३ रन बनाएको थियो ।

एकै इनिङमा सर्वाधिक छक्का

विश्वकपमा सर्वाधिक छक्काको कीर्तिमान पनि यसै विश्वकपमा बनेको छ । न्युजिल्याण्ड र वेष्ट इण्डिजबीच भएको अन्तिम क्वाटरफाइनल खेलमा ३१ वटा छक्का प्रहार गरिएको थियो । उक्त खेलमा न्युजिल्याण्डले १५ छक्का र वेष्ट इण्डिजले १६ छक्का प्रहार गरेका थिए ।

ठूलो अन्तरको जीत

विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले सर्वाधिक ठूलो अन्तरको जीत दर्ता गराएको थियो । पर्थमा भएको खेलमा अफगानिस्तानलाई २७५ रनले पराजित गर्दै विश्वकपमा सबैभन्दा ठुलो अन्तरको जीत दर्ता गराएको हो ।

यसअघि यो कीर्तिमान भारतको नाममा थियो । भारतले बर्मुडाबिरुद्ध ५ विकेट गुमाएर ४१३ रन बनाएको थियो । सन् २००७ विश्वकपमा भारतले ट्रिडिनाड एण्ड टोबाकोमा भएको खेलमा उक्त रन जोडेको थियो ।

पाँचौ विकेटका लागि सर्वाधिक रनको साझेदारी

CRICKET-WC-2015-RSA-ZIMविश्वकप क्रिकेटको दक्षिण अफ्रिका र जिम्बाब्बेबीचको खेलमा दक्षिण अफ्रिकाका जेपी डुमनी र डेभिड मिलरले नयाँ कीर्तिमान कायम गरेका थिए । यी दुईले गरेको पाँचौ विकेटका लागि गरिएको अविजित २ सय ५६ साझेदारी विश्वकपका साथै एकदिवसीय क्रिकेटमा पनि सर्वाधिक रनको साझेदारी हो ।

 

पाकिस्तान-वेष्टइण्डिजबीचको खेलमा बने ५ कीर्तिमान

विश्वकपमा पाकिस्तान-वेष्टइण्डिजबीचको खेलमा विभिन्न पाँच कीर्तिमान बनेका थिए ।

पहिलो : पाकिस्तानले १ रनमा ४ विकेट गुमाएर नयाँ कीर्तिमान बनाएका छन् । एकदिवसीय क्रिकेटमा यति कम रनमा चार विकेट गुमाउने पाकिस्तान पहिलो क्रिकेट टोली बनेको छ । पाकिस्तान भन्दा पहिले यस्तो कीर्तिमान क्यानडाको नाममा थियो । सन् २००६ मा जिम्बाब्बेविरुद्ध क्यानडाले चार रनमा ४ विकेट गुमाएको थियो । पहिलो ४ ओभरमा पाकिस्तानी टोलीले ४ विकेट गुमाएर १ रन जोडेको थियो ।

दोस्रो : १ सय ५० रनको बिशाल अन्तरले वेष्ट इण्डिजले पाकिस्तानमाथि विजय दर्ता गरेको छ। पाकिस्तानविरूद्ध कुनै पनि टोलीले एकदिवसीय क्रिकेटमा यति ठूलो अन्तरले विजय हासिल गरेको यो पहिलो पटक हो । यसअघि सन्  १९९२ मा सिड्नीमा सबैभन्दा ठूलो रनको पराजय पाकिस्तानले बेहोरेको थियो । उक्त खेलमा पाकिस्तानले १ सय ३३ रनले पराजित भएको थियो ।

तेस्रो : वेष्टइण्डिजले ३ सय १० रन जोड्दा एक ब्याटस्म्यानको सर्वाधिक रन ५१ रहेको छ । एकदिवसीय क्रिकेटमा ३ सय भन्दा धेरै रनमा यो सबैभन्दा कम सर्वाधिक रन हो । यसअघि सन् २००५ मा दक्षिण अफ्रिकाले जिम्बाब्बेविरुद्ध ३ सय १ रन बनाएको थियो । उक्त खेलमा सर्वाधिक रन ५६ रहेको थियो ।

चौथो :एकदिवसीय क्रिकेटमा पाकिस्तानले अहिलेसम्म २ सय ८० भन्दा बढिको विजय लक्ष्य पछ्याउन सकेको छैन् । पाकिस्तानले अहिलेसम्म ११ पटक २ सय ८० भन्दा बढिको विजय लक्ष्य पाएको छ तर हरेक पटक असफल रहेका छन् जितका लागि । वेलिङ्गटनमा सन् २००४ मा ३ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान २ सय ८० भन्दा बढी लक्ष्यको सबैभन्दा नजिक पुगेको थियो र ४ रनले पराजित भएको थियो ।

पाँचौ : ३ नम्बरदेखी ८ नम्बरका वेष्ट इण्डिजका सबै ब्याटस्म्यानले ३० भन्दा बढि रन जोडेको यो पहिलो पटक हो ।

दिल्सनको नयाँ कीर्तिमान

Sri Lanka v Bangladesh - 2015 ICC Cricket World Cupबंगलादेशविरूद्धको खेलमा श्रीलंकाका तिलकरत्ने दिल्सनले एक नयाँ कीर्तिमान बनाएका छन् । उनले खेलमा १ सय ४६ बलको सामना गर्दै २२ चौकाको मद्धतले १ सय ६१ रन जोडेका थिए । उनले उक्त रन जोड्ने क्रममा २२ चौका प्रहार गरेपनि १ पनि छक्का प्रहार गर्न सकेका थिएनन् । उनले यति ठूलो इनिङमा छक्का प्रहार नगरेपछि कीर्तिमान बनाएका थिए । उनले यति धेरै रन बनाउँदा एउटा पनि छक्का नहान्ने कीर्तिमान बनाएका हुन् ।

यस्तै, श्रीलंकाले ३ सय ३२ रन जोड्दा मात्र १ छक्का प्रहार गरेको थियो । तर, यो कीर्तिमान भने बन्न सकेन । यसभन्दा अघि दक्षिण अफ्रिकाले इङ्ल्याण्डविरूद्ध ३ सय ५४ रन जोड्दा मात्र १ छक्का प्रहार गरेको थियो ।

ह्याट्रिक लिएर डुमनीले रचे इतिहास

cricket-duminyविश्वकपको पहिलो क्वाटरफाइनलमा श्रीलंकाविरुद्ध लगातार तीन विकेट लिएर ह्याट्रिक पुरा गर्दै दक्षिण अफ्रिकाका जेपी डुमनीले विश्वकप क्रिकेटमा ह्याट्रिक लिने पहिलो दक्षिण अफ्रिकी खेलाडी बनेका छन् ।

– एजेन्सीको सहयोगमा


  •  
  •  
  •