दोलखाको सिँगटीबाट पुननिर्माण अभियान आजबाट

314
  •  
  •  
  •  

काठमाडौँ, ३० फागुन(ओएनएस) : पुनःनिर्माण प्राधिकरणले आज दोलखाको उत्तरी सिँगटी बजारबाट राष्ट्रिय पुननिर्माण अभियानको थालनी गर्दैछ ।

भूकम्पपीडितका लागि आवास निर्माण गर्न सरकारले दिने भनेको अनुदान बापतको पहिलो किस्ता ५० हजारका दरले वितरण गरेर अभियानको सुरुवात गर्न लागेको राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिएका छन् ।

प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक ८ र लामिडाँडा ६ का भुकम्प पीडितलाई पहिलो किस्ताको रकम वितरण गर्न लागेको हो । बैंकिङ् प्रणालीमार्फत भुक्तानीको ब्यवस्थाको भएकाले स्थायी आवास निर्माणका लागि अनुदान लिन भुकम्प पीडितलाई बैंक खाता अनिवार्य खोल्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

गाविस र पीडितबीच स्थायी आवास निर्माण सम्झौताको लागि नागरीकताको प्रमाणपत्र र जग्गाधनी पुर्जा अनिवार्य गरिएको छ ।


  •  
  •  
  •