अनिश्चितकालका लागि पुन:निर्माण प्राधिकरण विधेयकमाथिको छलफल स्थगित

130
  •  
  •  
  •  

काठमाडौँ, ८ मंसिर(ओएनएस) : पुन:निर्माण प्राधिकरण विधेयकमाथिको छलफल अनिश्चितकालका लागि स्थगित भएको छ । व्यवस्थापिका संसदको विधायन समितिको आज मंलगबार बसेको बैठकमा सहमति जुट्न नसकेपछि छलफल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

सत्ता पक्ष र प्रतिपक्ष दुवैले राजनीतिक समझदारीका लागि थप समय आवश्यक रहेको बताएपछि छलफल अनिश्चितकालका लागि स्थगित गरिएको समितिकी सभापति गंगा चौधरीले बताइन् । दुवै पक्षले सहमतिका लागि पटक-पटक समय मागेपनि यसमा सहमति जुटाउन भने सकेका छैनन् ।

सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीचको विवादका कारण पुन:निर्माण प्राधिकरणसम्बन्धी विधेयक जारी हुन सकेको छैन् । विधेयक जारी नहुँदा पुन:निर्माणसम्बन्धी कुनै पनि काम सुरू हुन सकेको छैन् । सरकारद्वारा बिनियोजित रकम समेत थन्किएर बसेको छ । सरकारले विधेयक पारित नहुन्जेलसम्मका लागि राष्ट्रिय योजना आयोगलाई पुननिर्माणको जिम्मेवारी दिने निर्णय गरेको छ ।


  •  
  •  
  •