प्राधिकरणको ऐन पूर्ननिर्माणमैत्री छैन : सिईओ भुसाल

267
  •  
  •  
  •  

काठमाडाैँ, १३ पुस (ओएनएस): राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राधिकरणको ऐन पूर्ननिर्माणमैत्री नभएकोले प्राधिकरणले गर्ने काममा ढिलाई भएको बताएका छन्।

राजधानीमा गरिएको एक कार्यक्रममा बोल्दै भुसालले भने, ‘ऐन प्रभावकारी नहुँदा ढिलाई भएको हो, प्राधिकरणलाई स्विपिङ् पावर दिएको भए अहिले खर्च पनि प्रभावकारी रुपमा हुन्थ्यो र कामले पनि तिब्रता पाउने थियो ।’  प्राधिकरणको सुरुवातीका ८ महिना प्राधिकरण गठनमै बितेको स्मरण गर्दै उनले भने ‘हिजो स्थापनाको २ बर्ष पुरा गरेको भए पनि यो दौरानमा आएका बिभिन्न आरोह अवरोहका कारण उल्लेख्य भूमिका निर्बाह गर्न नसकिएको पक्कै हो । ’स्थिर सरकार नहुदा सिईओ नै फेरबेदल भएको बारे लक्षित गर्दै भने पछिल्लो समयमा मेरो उपस्थितिबाट पछि कामले निकै तिब्रता पाएकोछ । आफैले निर्धारण गरेको लक्ष्य अनुसार मनसुन अगावै ६० प्रतिशत घर बनाउने र नीजी आवासमा पीडितहरुलाई सार्ने काममा हाम्रो टिम प्रयासरत छ, हामी द्रुत गतिमा काम गर्दैछौं ।’

जिम्मेबारी लिएको तीन महिनाभित्रै भएका सकारात्मक प्रयासको बारे बताउदै भने, ‘अति प्रभावित १४ जिल्लाहरु खासगरी १३१ स्थानीय तहका ११९६ वडामा प्राविधिकहरु खटाएका छौं ।’ प्राधिकरण निर्देशक समितिका अनुसार ७० देखि ७५ प्रतिशत घर बने भनेपनि यसलाई १०० प्रतिशत मान्न सकिनेछ । उनका अनुसार आगामी असारभित्र ६० प्रतिशत नीजी आवास निर्माण भैसक्ने छ ।

धरहरा निर्माण प्रसंगमा यही आर्थिक वर्षभित्रै निर्माण सुरु गर्नका लागि प्राधिकरणले विभिन्न विकल्पका बारेमा छलफल गरिरहेको बारे जानकारी गराउदै भने धरहरालाई हेरिटेज कम्प्लेक्स बनाउने सोच छ ।’


  •  
  •  
  •