रामकुमार प्रसाद साह प्रधानन्यायाधीशमा सिफारिस

153
  •  
  •  
  •  

काठमाडौं २७ भदौ (ओएनएस) : संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमार प्रसाद साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको परिषद् बैठकले साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । वर्तमान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले असोज २३ गतेबाट उमेर हदबन्दीका काराण अवकाश पाउन लागेपछि साहको सिफारिस भएको हो ।

संसदीय सुनुवाईपछि राष्ट्रपतिले साहलाई प्रंधानन्यायाधिसमा नियुक्त गर्नेछन् । उमेर हदबन्दीका कारण साह ९ महिनामात्रै प्रधानन्यायाधीश हुने छन् ।


  •  
  •  
  •