काठमाडौं, १६ असाेज (ओएनएस) : कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारद्धारा स्वास्थ्य बिमाको योजना लागू गरिएकोले यस वर्ष ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता बढाउन नसकेको बताएका छन्।
२८ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ज्येष्ठ नागरिक चौतारीले काठमाण्डौको विशाल मिलन केन्द्रमा आयोजना गरेको ज्येष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै रक्षा मन्त्री पोखरेलले यस वर्ष वृद्ध भत्ता बढाउन नसकेले आगामी वर्ष जसरी पनि वृद्ध भत्ता पाँच हजार पुर्याइछाड्ने बताए।
उनले भने,ु वर्तमान सरकारले आफ्नो घोषित प्रतिवद्धता अनुरूप नै ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता बृद्धिको लागि आन्तरिक रुपमा छलफल भइरहेको बताए।
‘हामीले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछ’–उनले भन्नुभयो–‘निर्वाचन प्रतिवद्व ता अनुसार यो वर्ष ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता नबढाएकोले कसैकसैले कम्युनिष्ट सरकारले झुक्कायो समेत भने तर कुरा त्यस्तो होइन । हामीले यही सरकारको कार्यकालमै पाँच हजार सामाजिक भत्ता पुर्याउँछौ ।’