आफ्नै १२ वर्षीया नातिनीलाई करणी गर्ने हजुरबुबा पक्राउ

227
  •  
  •  
  •  

काठमाडौं, २१ चैत (ओएनएस) : आफ्नै १२ वर्षीया नातिनीलाई करणी गर्ने हजुरबुबालार्इ पाँचथर प्रहरीले पक्राउ गरेको छ ।  ५८ वर्षीय एक पुरुषले आफ्नै नातिनीलाई २०७४ पुस १ गतेदेखि जबर्जस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक(डिएसपी)बामदेव गौतमले बताए।

उनले भने, ‘ पीडीतलार्इ मारी दिने धम्की दिदै बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई तत्काल पक्राउ गरिएको हाे।’

मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ। आफ्नै नातिनीलाई पटक पटक करणी गरेकाे सुचना सुराकीकाे माध्यमबाट अाएकाे डिएसपी गाैतमले बताए।


  •  
  •  
  •