दशैँको शुभ अवसर पारेर कैदी रिहा

87
  •  
  •  
  •  

काठमाडौं, १८ असोज (ओएनएस) :  राष्ट्रपति डा.रामवरण यादवले विजया दशमीको अवसर पारेर विभिन्न अपराधमा संलग्न रहेका जेल जीवन बिताईरहेका ४६९ जना कैदीहरुलाई रिहा गरिदिनुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदीहरुको बाँकी कैद माफ गर्नुभएको हो । नेपालको अन्तरिम संविधान २०६३ को धारा १५१ बमोजिम कैदीहरुको कैद माफ गरिएको राष्ट्रपति कार्यालयका सह–सचिव भूपेन्द्रप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिले जनाएको छ ।

 

  •  
  •  
  •