रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक

66
  •  
  •  
  •  

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सले ‘लिमिटेड इन्डमेन्ट’ बीमा योजना सार्वजनिक गरेको हो ।

यस बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

यस योजनाको अर्को विशेषता भनेको बीमा अवधिमा बिमितको ज्यान गएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम दुई सय २५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गरिनेछ ।

यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने छ ।यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् ।

यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ ।

यस योजनामा बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको रिलाइन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।

यो योजनासँगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सकिने जनाइएको छ ।

प्रेस विज्ञप्ति
रिलायन्स लाइफ इन्स्योरेन्स लि. द्वारा “Limited Endowment” बीमा योजना सार्वजनिक

रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले “Limited Endowment” बिमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । यस योजनाको अर्को बिशेषता भनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस (Simple Revisionary + Terminal, if any) भुक्तानी गरिनेछ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. ५० हजार कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० बर्ष र अधिकतम २५ बर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।

यो योजना संगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।

मितिः २०७७/०७/१९


  •  
  •  
  •