रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक

328
  •  
  •  
  •  

१३ बैशाख । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा अथक प्रयासपछि जित हासिल गर्दै रियल मड्रिड फाइनल नजिक पुगेकाे छ।

खेलमा विपक्षीलार्इ हराउन मड्रिडलार्इ धेरै नै मेहनत गर्नु परकाे थियाे। फलस्वरुप फइनलमा पुग्ने सम्भावना मड्रिडले बलियो बनाएको छ ।

घरेलु मैदानमा ४४ मिनेटसम्म १ शून्यको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बायर्न म्युनिख पराजित भयो । २८ औं मिनेटमा जोसुवा किम्मिचले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

धेरैजसो समय बल नियन्त्रणमा लिए पनि बायर्नले गोल थप्न नसक्दा खेल हानुपर्यो । यसअघि सेमिफाइनलकै पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब रोमालाई ५–२ ले हराएको थियो ।

 

 


  •  
  •  
  •