बार्सिलोना आफ्नै मैदानमा रियल मड्रिडसंग पराजित

1572
  •  
  •  
  •  

real vs barsilona
काठमाडौं, ३० साउन (ओएनएस) ः बार्सिलोना रियल मड्रिडसंग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।

स्पेनिस सुपर कपको पहिलो लेगमा रियल मड्रिडले बार्सिलोनालाई ३–१ ले हरायो । बार्सिलोनाको घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा नेयमारको अभाव खट्कियो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको सुरुमै जेरार्ड पिकेले आत्मघाती गोल गरेपछि रियलले अग्रता लियो ।

७७ औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा मेस्सीले सहजै गोल गरे । ८० औं मिनेटमा रोनाल्डोले गोल गर्दै रियल मड्रिडलाई पुनः अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै उनी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।


  •  
  •  
  •