हराएका हीरा भेटिएपछि…

209
  •  
  •  
  •  

काठमाडौं ३ माघ ।
सुन्दा सिनेमाको कथाजस्तै लाग्छ। बझाङ र बैतडीबाट हराएका दुईजना हीराको सत्यकथा अहिले यहाँका घरबस्तीमा सिनेमाभन्दा मार्मिक छ।

बझाङ कफलसेरी गाउँका हीरा कामी १५ वर्षको उमेरमै २०५१ मंसिरमा गाउँकै १३ वर्षीया मंगलीलाई भित्र्याएर कमाउन भारततिर पसे। उतै हराए।

परिवारले खोजखबर गर्‍यो, केही पत्ता लागेन। गाउँले पनि हीरा खोज्न भारततिर लागे, २०५६ मा भारतको पिथौरागढमा उही उमेरका हीराजस्तै एक युवक भेटे। ती युवकको नाम पनि हीरा थियो।

सामान्य रूपमा मानसिक सन्तुलन गुमेकोजस्तो देखिएका तिनै युवकलाई गाउँकै हीरा भनेर घरमा ल्याए। युवकले पनि ‘म तपाईंकै हीरा हुँ’ भने पत्नी र आमालाई। पत्नी आफ्नो हीरा फर्किए भन्दै दंग परिन्।

विधुवा आमा खुसी भइन्। गाउँभरि हल्ला चल्यो, हीरा फर्किए। आमाले स्वर मिल्दैन भन्दै सुरुमा शंका गरेकी थिइन्, गाउँलेले औषधि र उमेरले स्वर बदलिएको भन्दै स झाए। रहँदाबस्दा हीराले चार छोरी र दुई छोरा जन्माए।

२०६९ मा कफलसेरी गाउँमा अर्का हीरा झुल्किए। परिवारमात्रै होइन, गाउँले स्तब्ध भए। गाउँमा बैठक बस्यो, नयाँ हीरासँग केरकार भयो। अन्तत: वास्तविक हीरा उनी भएको खुल्यो।

पुराना हीराको घरजम भइसकेको थियो। उनको व्यवस्थापन गाउँलेका लागि चुनौती बन्यो। पत्नीले नक्कली हीरालाई छोड्न मानिनन्। गाउँलेले अंशबन्डा गरेर दुवै हीरालाई मिलाएर राखे।

पहिले हीरा भनेर घरमा भित्रिएका युवक बैतडीबाट हराएका थिए। उनी पनि भारत पसेर हराएका रहेछन्। घरपरिवारको टुंगो नभएकाले उनले ‘म नै हीरा हुँ’ भनिदिएछन्, जुन उनले १३ वर्षपछि गाउँलेसँग सकारे।

‘सक्कली हीरा त म नै हुँ हजुर, तर जीवनमा यस्तो भयो, अर्को एक जना नक्कली हीरा भएर मेरो घरमा १३ वर्षसम्म बस्यो र मेरी पत्नीबाट ६ सन्तान जन्मायो।
म आएपछि सबै लगेर आफ्नै घरमा हिँड्यो। मेरो जीवन अब सुरु हुँदैछ’, पुस २८ गते सदरमुकाम चैनपुरमा नागरिकता बनाउन आएका कफलसेरीका हीरा कामीले सुनाए।

हीरा कामी दुई वर्षको हुँदा उनका बुबाको मृत्यु भएको थियो। विधुवा आमाका एक्लो छोरा हीरा कामी विवाह भएको ६ महिनापछि गाँउका केटासँग कमाउन भारतको पिथौरागढ गएका थिए।
ससुरालीमा मेला हेर्न जाँदा आफ्‍नो गोजीमा ४० रुपैँया रहेको सुनाएपछि आमा छाँगाबाट खसेकजस्तै भइन्।
विवाह गरेको ६ महिनामा परदेश गएका पति र पाँच वर्षपछि ‘हीरा हुँ’ भन्दै घरमा आएका युवकलाई मंगलीले छुट्ट्याउन सकिनन्। सानैमा विवाह भएकाले पतिसँग उनको संगत र बोलचाल राम्रो भइसकेको थिएन। घरमा भित्रिएका बैतडेली युवकलाई पति फर्किए भन्दै दंग परिन्।

‘आमाले त नाकमुख, स्वर छोराको जस्तै छैन भन्नुभएको रहेछ। औषधिले बिगारेको भन्दै हामीले सम्झायौं, आखिर उनको ठ याइ ठिकै रहेछ’, गाँउका वीरबहादुर बोहराले भने।

बैतडीका हीरा गाउँ आइपुग्दा मंगली माइतमा थिइन्। गाउँलेले सम्झाइबुझाइ गरेपछि मनको शंका थिच्दै आमाले तिनै हीरालाई छोरा बनाइन्। आमाले नै ‘तेरो हीरा आएको छ’ भन्दै मंगलीलाई घर बोलाइन्।

हीरालाई केही असन्तुलित देखेपछि आमाले ठीक पार्न भन्दै बोका बलि दिएर पूजा गरिन्। घर भित्रिएको वर्षदिनमै हीराबाट सन्तान भयो। त्यसपछि लगातार पाँच सन्तान भए।

घर छोड्दा आमा र पत्नीमात्रै रहेको परिवारमा सक्कली हीरा फर्किंदा ६ सन्तान, पत्नी र आमा गरी नौजना भइसकेका रहेछन्। घरमा पस्दा उनलाई फि ल्मजस्तै लाग्यो। ‘मैले त आँखा मिचें’, उनले भने, ‘कल्पनाभन्दा बाहिरको घटना आँखासामु थियो।’

जिल्लाको विकट दुर्गम क्षेत्र यो गाउँमा जिल्ला प्रशासन कार्यालयबाट एकीकृत नागरिता घुम्ती शिविर सञ्चालन हुँदा बैतडीका हीराले नागरिकता बनाए।

उनको नामबाट मंगलीको पनि नागरिकता बन्यो। आमाको नाममा रहेको लालपुर्जामा छोरा हीरा विकको नाम उल्लेख थियो। सक्कली हीरा विकले अहिले आमाको नामबाट नागरिकता लिएका छन्।

हीराले आफूलाई सक्कली प्रमाणित गर्न गाउँका भद्रभलादमीसँग रोचक प्रसंग सुनाए। ससुरालीमा मेला हेर्न जाँदा आफ्नो गोजीमा ४० रुपैयाँ रहेको सुनाएपछि आमा छाँगाबाट खसेजस्तै भइन्।

आमा ‘मेरो हीरा त यो पो रहेछ’ भनेर खुसीले रुन थालिन्। पत्नी र छोराछोरी मुखामुख गर्न थाले। पत्नी र सन्तानले पुरानै हीरासँग जाने इच्छा देखाएपछि गाउँलेले पनि सहमति जनाए। अन्नपूर्णपोष्ट


  •  
  •  
  •