अघिल्लो रात सबैथोक थियो भोलिपल्ट नाङ्गिए एक्ली भएँ ।

342
  •  
  •  
  •  

downloadयहिनेर भयो उनी सँग मेरो भेट । राहत साम्रगी थाप्नेहरुको लाइनमा । लाईनमा बच्चा देखि बुढा सम्म सबै उमेरका मान्छे भए पनि आईमाई केटाकेटीको संख्या बढी थियो । प्रायः केटाकेटी नाङ्गा–भुतुङ्गा देखिन्थे । आईमाईहरु पातलो एकसरो म्याक्सीमा लामबद्ध थिए । उमेर पुगि सकेका धेरैले काखमा बच्चा च्यापे पनि तीस बर्ष जति कि उनी, मात्रै एक्ली थिईन् ।

हामी पनि चार जना थियौं । रेडक्रस काठमाडौंले बर्दिया राजापूर क्षेत्रको बाढी पिडित उद्धार कार्यकालागि पठाएको थियो हामीलाई, केहि राहत सामग्रीका साथमा । जताततै जलमग्न, ओभानो ठाउँ भनेकै त्यहि एउटा विद्यालय परिसर मात्र । जहाँ राजपूर आसपास क्षेत्रका बाढी पिडितहरुको उद्धार गरी राखिएको थियो । त्यहि छोडेर गएको थियो हामीलाई हेलिकप्टरले, केहि समय अघि मात्रै ।

चार जना हामीलाई चार थरि राहत सामग्री बितरणको जिम्मा दिईएको थियो । लत्ता कपडा, औषधि, खाद्य सामग्री र नगद पैसा । मलाई लत्ता कपडा बितरणको भाग परेको थियो । शशस्त्र प्रहरी र नेपाली सेना उद्धार कार्यमा खटिएका थिए र त्यतिबेला उनिहरुकै सहयोगमा राहत सामग्री बितरणका गर्दै थियौ हामी ।

भोक र पिडाले निचोरिएका मायालाग्दा अनुहार बीच आफै भित्र दुखेको थिए म । बीच लाइनमै थिइन उनी । अरु भन्दा केहि फरक । लाईन सर्दै जान्छ क्रमशः ।उनको पालो आयो । “तपाईको नाम ?” मैसे सोेधे । पुलुक्क हेर्छिन टिढ लाग्दा पाराले र मुस्किल सँग भन्छिन–“कविता देवि” । “कति जना हुनुहुन्छ ?” फेरी सोध्छु । “थिए सबै तर …….” भक्कानो फुट्छ उनको ।

उनका बारेमा मैले भन्दा बढी उसले बुझेको हुँदो हो शायद, नजिकैको सेनाको जवानले भन्छ–“सर ! उनी अहिले एक्लै छिन् ।” एक सेट लत्ताकपडा उनको हातमा थमाई दिन्छु । उनी अर्को लाइनतिर सर्छिन ।

आफै भित्र नाङ्गिएका सबै सामग्री संकलनमा स–परिवार नै झिट्टी बाँधेर आउँथे । तर मात्रै एउटी उनी थिईन एक्लै । त्यस पछिका प्रत्येक आक्रान्त अनुहारमा म उनैलाई देख्न थाले ।

दिन ढल्यो । सामग्री बितरणको काम पनि सकियो । वातावरण अलि शान्त भएको थियो । दुई दिन देखिका भोका पेटमा अन्न परेकोले होला प्रायः निदाएका थिए सबै । तर पल्लो पट्टीको कुनोमा टोलाई रहेकि थिईन उनी एक्लै ।

उनलाई देख्दा उनको अघिको एउटै वाक्य सम्झिन पुन्छु – “थिए सबै तर …….. ।” पोखिन्छु म उनी प्रति । आफै सँग प्रश्न गर्छु । मुस्किलैले तीस जतिकि उनी । को को थिए होलान परिवारमा ? लोग्ने, बालबच्चा वा अरु कोहि ? खुल्दुलि चल्छ मनमा ।

मेरो नजिकै थियो त्यो दिउँसो सामग्री बितरण कार्यमा सहयोग गर्ने शैनिक जवान । त्यहाँ सबैका पिडा उत्तिकै महत्वपूर्ण थिए त्यसैले एउटी कवितालाई मात्रै आफै गएर उनका बारे मनमा लागेको कुरो सोध्न मिल्दैन थियो । ऊ सँग सोध्न मन लाग्छ र अलिकति भुमिका बाँधेर उनकाबारे सोधे । “भाई! कविता देवि छिन नी, उनको बारे केहि थाहा छ तपाईलाई ?” भन्छ– “सर ! उनलाई हिजो बिहान मैले नै उद्धार गरेको हुुँ । उनको परिवारमा उनी बाहेक कसैलाई बचाउन सकिएन ।”

ओहो ! उसको भनाईले झनै गहिरिन्छु म । फेरि साधे । “कसरी बचाउन भयो भाई ?” भन्दै थियो ऊ– “हिजो बिहान हाम्रो टोली उद्धारकार्यका लागि राजापूर क्षेत्रमा खटिएको थियो । यो आसपासका एघार गा.वि.स. बाढी प्रभावित छन् । जसमा सबै भन्दा बढी दौलतपूर–२, मुर्गुवा गाउँ प्रभावित छ । कविता त्यहि मुर्गुवा गाउँ कि हुन सर ! घरको नाम निशाना सम्म थाहा थिएन । घर नजिकैको रुखमा चिच्याउँदै थिईन । बिहानी पख पानीको सतह घटे पछि डोरीको सहायताले रुखबाट उद्धार गरेको थिएँ ।” भन्दै थिईन–“छोरा, छोरी, गाई, बाख्रा सबै लग्यो कर्णालीले ।”

कठै ! दैबको नियति पनि कति निर्दयी ? दशकौको सृजना एकै रातमा बगर हुन्छ । त्यतिबेला सम्झिन्छु । अस्ती भर्खर कुरीनटारमा त्रीशुलीले बगाएका चारवटी किशोरीलाई । तिर्थाटनमा बाढीले अलपत्र पारेका हजारौं तिर्थालुलाई । दार्चुला खलङ्गाका व्यापारीलाई । चिसापानीका माछा पसलेलाई । र सम्झन्छु कविताको मलिन अनुहारलाई र यहाँको जलमग्न दृष्यलाई । मन त्यसै–त्यसै अमिलो हुन्छ ।

शैनिक जवान त्यहाँबाट हिडेको पनि पत्तो पाउँदिन । म निःशव्द टोलाई रहन्छु । पिडा नै पिडाको कोलाहलमा निस्सासिन्छु । साथिहरु सँग पनि कुरा गर्ने मन लाग्दैन् । बाढीको सन्त्रास र ती प्रत्येक माया लाग्दा अनुहार एक–एक गरि बिझाउँछन् मनमा । निदाउन सक्तिन म त्यो रात उद्धार शिविरमा ।

भोलिपल्ट बिहान बाढी प्रभावित मुर्गुवा गाउँको निरीक्षणका लागि जाने तयारी भो । साथमा मुर्गुवाका बाढी पिडितलाई लगेर । जसमा कविता पनि हुन्छिन । अरु भन्दा पनि खासमा कविता कै बारे जान्नु पर्ने भएको थियो मलाई । त्यसैले खुशी पनि थिए आफै भित्र । प्रश्न गर्छ मनले  “जानकारी त पाउँलास् तर के उनको चहराईरहेको आलो घाउँमा मलम लगाउन सक्छस् त ?” भय पलाउँछ मनमा ।

जानु अघि कवितालाई भने– “कविता जी ! मुर्गुवा गाउँ निरीक्षणका लागि जादैछौं, हिड्नुस तपाई पनि । “बाँकि के नै छ र सर त्यहाँ ? आस्थाको भग्नापशेष शिवाय ।” बडो माया लाग्दो पाराले भन्छिन् ।

उनका थोरै वाक्यले म भित्र धेरै जतिलता थपि दिन्छ । बाटोमा सँगै हिडिरहेका हामी । आँशु सँगै दुःख पोखिरहेकि हुन्छिन् – “सर ! दुःखीको खुशी क्षणिक नै हुँदो रहेछ । अघिल्लो रात म सँग सबै थोक थियो । कोखका छोराछोरी थिए । पल्लो पट्टी दुहुनो कोरली गाई थियो । सँगै जुम्ल्याहा पाठा सहित कि लामकाने बाख्री पनि थिई । हातमुख जोर्न अलि–अलि अन्न पात छदै थियो तर बिहान नहुदै नियतिले म बाट सबै खोसेर लग्यो । म नाङ्गिए र मात्र एक्ली भएँ ।

आफ्नो ज्यान त बचाएँ तर कठै ! बिबशताका नासा मेरा छोरा छोरी ? बाउको पहिचान नखुले पनि उनीहरुको आफनै परिचय पनि जोगाउन सकिन मैले । र सकिन बचाउन ती मेरा चौपायालाई ।

दौलतपूरको मुगुर्वा गाउँ । गाउँको मुखैमा, कर्णाली तिरमा रैछ कविताको घर । घर त के भन्नु ? अवशेष पनि बाँकि छैन । बालुवाकोे सुकिलो बगर मात्रै । घर भन्दा अलि तल बुढो पिपलको रुख छ । त्यसैले नै कविताको ज्यान बचाएको रे ।

निदाएकै अवस्थाका छोरा छोरी, दुध चुसाईरहेकी पाठा सहितकि माउँ । ओत लाग्ने कटेरो सबै–सबै सोहरेर लगेछ बौलाएको कर्णालीले । त्यस पछि बगरै–बगर तल सम्म अरु पनि हेर्दै जान्छौं हामी । क्षतविक्षत भएको थियो सारा गाउँ नै तर अरु मानवीय क्षति चाहि देखिएन ।

जो होचो उसैको मुखमा घोचो भने झैं विचरी, कविता ! झनै करुण जान्छ मनमा ।

सिविर फर्किदै गर्दा बाटोमा सोधे – “कविता जी ! तपाईका आफन्त यहाँ नजिक कोई छैनन् ?” मेरा आफ्ना जति सबै बगे । दौलतपूरको घाट पारी टिकापूरको बिजयनगर शिविरमा एउटी दिदि छे । ऊ त लोग्ने सँग बस्छे सर ।” ओहो, लोग्ने प्रतिको उनको यति धेरै आशक्ति । “जाने मन छ उता ?” फेरि सोध्छु । “सँगै घाट तर्ने कोई साथि भेटे जाने थिए ।” यत्तिले चित्त बुझ्दैन मेरो र अर्को प्रश्न हुल्याउँछु उनैतिर । “मैले तारि दिए भने ?” अवस्य नै, सर । हजुर पनि टिकापूर पार्क हुदै उतैबाट काठमाण्डौं फर्किनुहोला । म बिजयनगर जाउँला ।”

जन्मघर ईटहरी भई हाल कर्मथलो काठमाण्डौलाई बनाएको छु । पैतिसमा हिडिरहेको म । यस्तै खाले बिबस अनुहार देख्दा पटक पटक यसै गरि कुडिएको छु आफै सँग । यहि नै हुन सक्छ शायद, अहिले सम्म कसैको मायाको भागमा पर्न सकेको छैन । अबिबाहित भए पनि जिन्दगीका यस्ता खाले जटिलता सँग परिचित छु  ।

उहिले नै स्कुल पढदा ताका, सुदुर पश्चिम शैक्षिक भ्रमणमा गएका साथीहरुले टिकापूर महेन्द्र विश्राम गृहका बारेमा कुरा गरेको सम्झे । यहाँ सम्म पुगेर पनि पार्क हेर्न किन नजाउँ ? यस्तै सोच्दा, पार्क हेर्ने हुट्हुटी चल्छ मनमा ।

अर्को तिर, कवितालाई शिविर मै एक्लै अलपत्र छोडेर फर्कि आउन मनले मान्दैन । सँगैका अरु साथिहरु त्यहिबाट फर्किन्छन काठमाण्डौ तर म उनिहरु सँगै नफर्किने नै भए । धेरै गर्न नसके पनि उनका आफन्त सम्म मिलाई दिन पाए भने, उनको दुखेको मनलाई केहि राहत मिल्ला कि । यहि सोचेर हानिए म कवितासँगै टिकापूर तिर ।

दौलतपूर घाटमा बर्दिया र टिकापूरलाई जोड्ने एउटा मात्रै नाउँ थियो, त्यो पनि खचाखच । घण्टाको पर्खाई पछि बल्ल हाम्रो पालो आउँछ । त्यो नै थियो नाउँमा बसेको पहिलो अनुभव मेरो । डराएको थिए । बिचै घाटमा पुगेपछि कर्णालीको भंगालोले नाउँ हल्लिन्छ । कविता अत्तालिदै कराउँछिन । कुन्नी ? कस्तो आत्मिएता थियो त्यो मेरो उनि प्रतिको ? थपथाउँदै छातीमा च्याप्छु म, आमाले बच्चा च्यापे झैं ।

घाट तरिसके पछि टिकापूर पार्क रोड तिर सोझिन्छौं हामी । कविता चुपचाप हिडिरहेकि थिईन । प्रसंङ्ग कोट्टयाउँदै सोध्छु – “कविता जी ! लोग्ने खोई तपाईको ?” भन्छिन– “सर ! लोग्ने नै नभएकि सधुवा हुँ म ।” मतलब ? “हो, सर ! म कविता देवि बादी हुँ । बादी महिला विधवा हुदैनन् र साथमा लोग्ने पनि हुदैन ।”

भावुक हुदै विगत तिर फर्किन्छिन उनी ।

“सानामा हामी टिकापूर कै सत्ती बजार तिर बस्थ्यौ । बा आमाको निधन पश्चात दाई भाई दुई जना सिमला पहाडतिर हानिए । दिदी बिजयनगर मुक्त कमैया शिविरमा छे । म मुर्गुवामा थिएँ ।

थाहा छैन, अरुलाई कति बर्षमा आउँछ बैस ? तर हामीलाई ! १३, १४ बर्षकै उमेरमा जबरजस्त जवानी सँग सम्झौता गर्नु प¥यो । त्यही बेला देखि नै हामीलाई थरिथरिका भिमकाय पहाड उचाल्न सिकाइयो किनकी परिवारलाई बाँच्नु पर्ने बाध्यता थियो । त्यो बेला हाम्रो आम्दानीको स्रोत भनेकै हामी दिदी बहिनीको यौवन नै थियो ।”

पार्क नजिकै पुगि सकेका थियौं । फर्केर हेर्छु । रोई रहेकि थिईन उनी ।  मेरा आँखा नजिकैको होडि बोर्डमा गएर ठोक्किन्छन् । जहाँ लेखिएको थियो “बनाना क्याफेमा यहाँलाई स्वागत छ ।”केहि दिन यता देखि मिठो खान नपाएको जिब्रोलाई कज्याउन सक्तिन म । भोक पनि लागि सकेको थियो र कवितालाई केहि खान आग्रह गर्दै क्याफेमा गयौं । बाफ रे बाफ ! हर परिकार केराका मात्रै । अचम्म लाग्छ । मैले त खुवै मिठो गरी खाएँ तीन चार थरि परिकारलाई । तर कविता ? बिचरी ! दुई चार डल्ला मःम पनि मुस्किल सँग निल्छिन ।

सम्मुखमा थियो डढेलो पछिको वन जस्तो फुङ्ग उडेको उराठ लाग्दो उनको त्यो अनुहार । र फेरी पनि अघि कै प्रसंङ्ग कोट्टयाउन मन लाग्छ । “तर कविता जी ! तपाईका त छोराछोरी थिए नि ?” हो, सर ! यौवनको निश्चित थलोमा पुगे पछि हरेक आईमाईलाई आमा बन्ने रहर हुन्छ । तिनै हरेक मध्ये कि एक म पनि हुँ । त्यो उमेरमा हर कोइ आईमाई श्रीमतिमा सुरक्षित हुन चाहन्छन् तर यो समाजले हामीलाई श्रीमति हुने शौभाग्य सजिलै उपलव्ध गराउँदैन । सदा भोग्याका नजरले मात्रै हेर्छ । तै पनि कसैको स्वास्नी नभई कनै लोग्ने मान्छे कि स्वास्थी मान्छे भएर आमा बन्ने रहर त पूरा गरे ।

खासमा आफू बाँचेको समय आफैलाई निको नलागे पनि विवशता थियो त्यो मेरो ।  आमा बनी सके पछिका केहि बर्ष यता देखि समाज सापेक्ष जिन्दगी व्यतित गर्दै थिए तर त्यो पनि नियतिलाई स्वीकार्य भएन शायद, र त अहिले एक्ली भएँ । अव हजुर नै भन्नुस् सर । यस पछिको  गन्तब्यहिन एकसरो यात्रा कसरी तय गरु म ? शरीरै बेचौ भने पनि पहिले जस्तो यौवन रहेन । गरी खाने ठाउँ छैन । बेसहरा भएँ, सर ।

अहो ! सोचे भन्दा फरक किसिमको जिन्दगी । एउटी स्वास्नी मान्छे जो अफ्ठेरोमा कत्रो हिम्मत बटुल्दै बाँचिरहिछे । आफू पुरुष हुनुको गौरब तुहिन्छ त्यो बेला जब यस्तै खाले स्वास्नी मान्छेमा बिकराल अनुहार पढ्छु म । त्यो स्थितिमा मन खुशी हुन सक्तैन । त्यहाँ पनि भएको थियो त्यस्तै ।

मन दुखेको थियो त्यसैले त्यो पार्कको रमाईलो पनि सबै फिका लाग्यो । पटक्कै रमाउन सकिन । घडि हेरे । एक बज्दै थियो । समय न हो किन अडिन्थ्यो र ? मेरा लागि । काठमाण्डौंको दुई बजेको बस छोप्नु थियो ।

टिकापूर सम्मलाई एउटा रिक्सा समात्यौ । त्यसैमा बस्यौ दुबै । उनी रोईरहेकि नै थिईन । मैले एक छिन उनका आँशु पुछिदिएर कति दिनलाई पुग्ला ? त्यसैले देखेर पनि नदेखे जस्तो गरि चुपचाप एकोरिन्छु म ।

छुट्टिनु अघि, टिकापूर कान्छि बजारबाट तत्काल लगाउन उनलाई एकजोर चप्पल उनि एक जोर लुगा किनिदिएँ । खुशी हुदै लिईन । कागजको सानो टुक्रोमा आफ्नो फोन नम्बर उतारेर उनको हातमा राखिदिन्छु । “मेरो तर्फबाट सकेजति सहयोग म गरुँला । हिम्मत नहार्नु । केहि प¥यो भने कल गर्नुहोला है, कविता जी !”

छुट्नै लागेको बस छोप्न हतारिदै बस पार्कतिर लागे । उनी बिजयनगरको बाटो लागिन । फर्कि–फर्कि हेर्छु म उनलाई, ओझेल नपर्दा सम्म ।

बस लम्कि सम्मको कच्चि बाटोमा उछिट्टिदै गुड्छ । त्यहि बसका चक्का जस्तै घुमिरहन्छ मथिङ्गल फनफनि । यहाँका यी कविताहरुका लागि जिवनोपगि कुनै नयाँ कार्यक्रम ल्याउँन सके भने ? यहि पिरले पोलिरह्यो मन बाटै भरि ।


  •  
  •  
  •