रियल मड्रिड ला लिगाको दोस्रो स्थानमा

80
  •  
  •  
  •  


एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै मड्रिड दोस्रो स्थानमा उक्लिएको हो । २२ खेल खेलेको मड्रिड ४६ अंकका साथ दोस्रो स्थानमा रहँदा २ खेल कम खेलेको एट्लेटिको मड्रिड ५१ अंकका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको भने ४३ अंक रहेको छ ।

सान्टियागो बर्नबाउमा साविक विजेता रियलले नयाँ सिजनको सुरुआतमा ९ जना सुरुआती टिमका खेलाडीलाई इन्जूरी तथा प्रतिबन्धका कारण गुमाएको थियो । त्यसैले उसको सुरुआत नै कमजोर र कठिन बन्यो ।
करिम बेन्जिमाले ६० औं मिनेटमा हेड गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनको यो २७ खेलमा १६ औं गोल हो । डिफेण्डर फरल्याण्ड मेन्डीले त्यसको ६ मिनेट पछि अर्को गोल थपेपछि रियलले सहज जित हात पार्न सफल भयो ।


  •  
  •  
  •