रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम

198
  •  
  •  
  •  

पुस २१ (एजेन्सी) : स्पेनिस क्लब रियल म्याड्रिडको २२ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग २–१ ले पराजित भएपछि रियलको कीर्तिमानी यात्रा टुङ्गिएको हो ।

खेलमा अग्रता भने रियलले क्रिस्चीयानो रोनाल्डोले १४ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोलबाट अग्रता लियो । तर ५२ औं मिनेटमा बारागान र ६५ औं मिनेटमा ओटामेन्डीले गोल गरेपछि भ्यालेन्सियाले २–१ को जित निकाल्न सफल भयो ।

अर्काे खेलमा उपाधि होडमा रहेको बार्सिलोना पनि पराजित भएको छ । बार्सिलोनालाई रियल सोसिडाडले १–० ले हराएको हो । बार्सिलोनाका जोर्डि अल्बाले खेल सुरु भएको दोस्रो मिनेटमै आत्मघाती गोल गरेपछि सोसिडाडले अग्रता लिएको थियो ।

हारपछि पनि शीर्ष स्थानमा रहेको रियलको १६ खेलबाट ३९ अंक छ । दोस्रो स्थानको बार्सिलोनाले खेल बढि खेल्दै ३८ अंक जोडेको छ । बार्सिलोनासँग समान १७ खेल खेलेको डिफेन्डिङ च्याम्पियन एथलेटिको म्याड्रिडको पनि ३८ अंक नै छ ।


  •  
  •  
  •