च्याम्पियन्स लिगको उपाधी रियल मड्रिडलाई

205
  •  
  •  
  •  

Real Madrid won Champions League Titleकाठमाडौँ, १६ जेठ(ओएनएस) : रियल मड्रिडले यो सिजनको च्याम्पियन्स लिग फुटबलको उपाधी जितेको छ । शनिबार राति भएको फाइनलमा घरेलु प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई पराजित गर्दै ११ औँ उपाधी जितेको हो । रियल मड्रिडले एथ्लेटिकोलाई पेनाल्टी शुटआउटमा ५-३ गोलअन्तरले पराजित गरेको थियो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यस क्रममा रियलका स्टार क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा रियल मड्रिडले सर्जिओ रामोसले १५ औँ मिनेटमा गरेको गोलको मद्दतले अग्रता लिएको थियो र पहिलो हाफमा अन्य कुनै गोल हुन सकेन । दोस्रो हाफमा भने एन्टानियो ग्रिजम्यानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा एथ्लेटिकोले बराबरी गर्न पाउने अवसर गुमायो । उनले खेलको ४८ औँ मिनेटमा पाएको पेनाल्टी बारमा लागेर फर्किएको थियो ।

तर, एथ्लेटिकोले खेलको ७९ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । यसपछी निर्धारित समय र अतिरिक्त समयमा कुनै पनि पक्षबाट गोल हुन सकेन र खेल ट्राइब्रेकरमा पुग्यो ।


  •  
  •  
  •