जिदानलाई स्वागत गर्न रियल मड्रिडको ५ गोल

156
  •  
  •  
  •  

real madrid starsकाठमाडौँ, २६ पुस(एजेन्सी) : ला लिगाको गयराती सम्पन्न खेलमा रियल मड्रिडले ५-० गोलअन्तरको जित दर्ता गर्दै प्रशिक्षकको जिम्मेबारी सम्हालेका जिनेदिन जिदानलाई स्वागत गरेको छ ।

प्रशिक्षकका रूपमा जिदानको पहिलो खेलमा मड्रिडका ग्यारेथ बेलको ह्याट्रिकको मद्दतमा शानदार जित दर्ता गरेको छ । मड्रिडले डिपोर्टिभोलाई ५-० गोअन्तरले पराजित गरेको हो ।

मड्रिडले खेलको १५ औ मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । यसपछि बेलले खेलको २२ औ मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाए । र पहिलो हाफको खेल २-० मा सकियो ।

दोस्रो हाफको केही मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । यसपछि खेलको ६३ औ मिनेटमा थप एक गोल गर्दै बेलले ह्याट्रिक पुरा गरेका थिए । यसपछि खेलको अन्तिम समयमा मड्रिडका बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दे खेललाई ५-० को अवस्थामा पुर्‍याए ।

जितसँगै रियल मड्रिडले ४० अंक जोडेको छ र तेस्रो स्थानमा रहेको छ ।


  •  
  •  
  •