आफ्नै मैदानमा बार्सिलोनाद्वारा रियल मड्रिड स्तब्ध

232
  •  
  •  
  •  

luis suarezकाठमाडौँ, ६ मंसिर(ओएनएस) : गयराती भएको खेलमा आफ्नै घरेलु मैदानमा रियल मड्रिडलाई बार्सिलोनाले नमिठो पराजय चखाएको छ । स्पेनिस ला लिगाको अन्तर्गतको खेलमा रियल मड्रिडको घरेलु मैदानमा नै बार्सिलोनाले ४-० गोलअन्तरले जित दर्ता गरेको छ ।

जितसँगै ला लिगामा बार्सिलोनाले ६ अंकको स्पष्ट अग्रता लिएको छ । १२ खेलबाट ३० अंक जोड्दै बार्सिलोना अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेल खेलेको रियल मड्रिड २४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, एथलेटिको मड्रिड ११ खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

गयराती भएको खेलमा बार्सिलोनाले खेलको ११ औ मिनेटमा नै अग्रता लिएको थियो । लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यसपछि नेयमार जुनियरले खेलको ३९ औ मिनेटमा गोल गर्दैऔ अग्रतालाइ दोब्बर पारे । पहिलो हाफमा २-० ले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा पनि लय समाल्न नसक्दा थप दुई गोल खान पुग्यो ।

खेलको ५३ औ मिनेटमा आन्द्र एनियस्टाले गोल गर्दै बार्सिलोनालाई जिततर्फ डोर्‍याए । यसपछि लुइस स्वरेजले ७४ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-० को स्थितिमा पुर्‍याए र खेल बार्सिलोनाले ४‍-० ले जित्यो ।


  •  
  •  
  •