रियल मड्रिडको जीतमा रोनाल्डोको चार गोल

370
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (एजेन्सी) : स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबाररातिको खेलमा साविक विजेता रियल मड्रिडले जिरोनालाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा रियलले जिरोनालाई ६–३ ले गोल अन्तरले हराएको हो।

रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले ह्याट्रिकसहित चार गोल गर्दा लुकास भास्क्वेज र ग्यारेथ बेलले एक– एक गोलको योगदान गरे। रोनाल्डोले खेलको ११ औं, ४७ औं, ६४ औ र ९० औं मिनेटमा गरी चार गोल गरेका थिए।

जिरोनासँगको ह्याट्रिकसँगै रोनाल्डोले करियरको ५० औं ह्याट्रिक पुरा गरेका छन्।  जिरोनाका क्रिस्टियन स्टुवानीले दुई तथा जुआन्पेले एक गोल गरेपनि जितका लागि पर्याप्त भएन।

जितसँगै रियल मड्रिड लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ। रियलले २९ खेलबाट ६० अंक जोडेको छ। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १५ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा चार अंकले पछि छ ।

पराजित जिरोना ४३ अंकसहित सातौं स्थानमा छ। लिगको शीर्ष स्थानको बार्सिलोनाको ७५ र दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६४ अंक छ।


  •  
  •  
  •