बजेटप्रति तयारी पोशाक उद्योगी असन्तुष्ट

540
  •  
  •  
  •  

काठमाडौं,६ साउन(ओएनएस)।  सरकारले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटप्रति तयारी पोशाक उद्योगी असन्तुष्ट भएका छन् । तयारी पोसाकलगायत निर्यातको सम्भावना भएका वस्तुको प्रवद्र्धनका लागि कुनै कार्यक्रम नल्याएको भन्दै उनीहरुले असन्तुष्ट भएका हुन् ।

नेपाल तयारी पोशाक उद्योग संघले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै असन्तुष्टी व्यक्त गरेका हुन् । बजेटमा तयारी पोशाकको निर्यात प्रवद्र्धनसंग सम्बन्धीत कुनै पनि कार्यक्रम समावेश हुन नसकेकोमा संघले चिन्ता व्यक्त गरेको छ ।

बजेटमा तयारी पोशाकलगायत अन्य सम्भाव्य निर्यातयोग्य वस्तुहरुको प्रवद्र्धनका लागि कुनै ठोस कार्यक्रम समावेस नगरेर उत्पादनमूलक उद्योगलाई निरुत्साहीत पारेको संघको आरोप छ ।
त्यस्तै, तयारी पोशाकलगायत वस्तुगत संघ तथा निजी क्षेत्रका औद्योगिक संगठनद्वारा निर्यातमा नगद अनुदान बढाउन गरेको अग्रहप्रति बजेट मौन रहेकामा समेत संघको ध्यानकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।


  •  
  •  
  •