भट्टराईले पद छाड्नु पर्छ : रावल

239
  •  
  •  
  •  

Bhimकाठमाडौं, कार्तिक २४ (ओएनएस) नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बैठक नबोलाउने भए संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले पद छाड्नु पर्ने बताएका छन ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले संवाद समितिका सभापति भट्टराईले काँग्रेस र एमालेसहितको दलले पेश भएको प्रस्तावलाई प्रक्रियामा अघि नबढाउन तत्काल बैठक नबोलाए आफूहरुले लिखित रुपमै दबाब पत्र पेश गर्ने चेतावनी समेत दिए ।

नले बैठक नबोलाएर आलटाल गरे आफूहरु दुई तिहाई भन्दा बढी सभासदको हस्ताक्षर सहितको लिखित दबाब पत्र पेश गर्ने चेतावनी दिएका हुन् ।

रावलले भने–‘ बाबुराम भट्टराईजीले तत्काल सम्वाद समितिको बैठक बोलाउनुपर्छ र हामीले प्रस्तुत गरेको प्रस्ताववारे छलफल चलाउनुपर्छ, होईन भने त्यो पदमा बसिरहने नैतिक अधिकार उहाँलाई हुँदैन , नैतिकताको आधारमा पद त्याग गर्नुपर्छ । ’
रावलले एमाओवादीहरुले लिखित रुपमै प्रस्ताव समितिको बैठकमा बाँड्दा आफूहरुले उक्त प्रस्तावमाथि छलफल चलाएको उल्लेख गर्दै आफूहरुले प्रस्तुत गरेको प्रस्ताववारेमा पनि छलफल हुनुपर्ने जिकिर गरे ।

उनले एमाओवादी सहितका २२ दलीय मोर्चाले विभिन्न ठाउँमा सभा गरेर धम्कीपूर्ण रुपमा चेतावनी दिएको प्रति आपत्ति जनाउँदै तत्काल धम्कीको भाषा बन्द गरी वार्ता तथा सहमतिमा आउन समेत आह्वान गरेका छन् । ‘‘अब धम्की दिएर जनता डराउनेवाला छैनन्, हामी यसरी अब निरिह भएर टुलुटुल हेरेर बस्दैनौं’’–रावलले थपे ।

नेपाली काग्रेसका नेता गोपालमान श्रेष्ठले माघ ८ गतेभित्रै संविधान जारी गर्ने सर्तमा आफूहरु ८ प्रदेशमा जान समेत तयार रहेको स्पष्ट परे ।

 


  •  
  •  
  •