बेहुली बनेर रवीना टण्डनले फ्लाइङ किस दिँदा…

322
  •  
  •  
  •  

नेपाली मौलिक गरगहनाको प्रबर्द्धन गर्न नेपाल आइपुगेकी बलिउड नायीका रवीना टण्डनले बुधबार आयोजित एक फेशन शो कार्यक्रममा बेहुलीको भेषमा देखीएकी थिइन् । भारतीय लहंगा-चोलीका साथमा हरियो पोते, शीरबिन्दु र असर्फी हार लगाएर क्याटवाक गर्दा दर्शकहरूलाई निकै मोहित पारेकी थिइन् ।

क्याटवाक गर्ने क्रममा अगाडि आएर रवीनाले मन्द मुस्कानका साथ दर्शकलाई फ्लाईङ किस समेत दिएकी थिइन् । यसरी फ्लाईङ किस पाएपछि दर्शकहरू हुटिङ गर्दे हातमा रहेको मोबाइलले उनको उक्त किस र रवीनालाई कैद गर्न व्यस्त देखिएका थिए । केही दर्शकले आफूले रवीनाले गरेको फ्लाईङ किसको भिडियो समेत खिचेको र कार्यक्रममा नै साथीहरूलाई उक्त भिडियो देखाएको समेत कार्यक्रमपछि बाहिरिने क्रममा बताएका थिए ।

नेपाल रत्न तथा आभुषण संघले आयोजना गरेको दोस्रो ज्वेलरी एक्पोमा रवीना नै प्रमुख आर्कषण बनेकी थिइन् । उनको पहिरनमा नेपाली र भारतीय गहनाको फ्युजन देखिएको थियो । कार्यक्रममा उनका साथै नेपालका थुप्रै सेलिब्रेटीले मौलिक नेपाली गरगहना लगाएर क्याटवाक गरेका थिए । कार्यक्रममा मिस नेपाल सुबिन लिम्बु, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, मलिना जोशी र इसानी श्रेष्ठ सहित अभिनेतृहरू प्रियंका कार्की, संञ्चिता लुइँटेल र रीमा विश्वकर्मा, र मोडलहरू नीति शाह र नग्मा श्रेष्ठ, बैंकर रविना देशराज श्रेष्ठ लगायतले क्याटवाक गरेका थिए । ज्वेलरी एक्स्पोमा नटराज ज्वेलर, गणपति ज्वेलर, अश्री ज्वेलर, मेरिगोल्ड ज्वेलर, आरवी डाइमन्ड, सगुन ज्वेलर, सालिमार ज्वेलर र बिज्वल ज्वेलरले उत्पादन गरेका सुन, हिरा तथा मोतीका गहना प्रर्दशनीमा राखिएको छ ।

Raveena-Tandon-nepali-fashion-show Raveena-Tandon-Nepali-Fashion-Show2 Raveena-Tandon-Nepali-Fashion-Show1

source: http://lexlimbu.comRaveena-Tandon-Nepali-Fashion-Show1


  •  
  •  
  •