काठमाडौं, २४ भदौ (ओएनएस)ः अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल रविना देशराज श्रेष्ठलाई मेगा बैकले सम्मान गरेको छ । बैंकका सिइओ अनिल केशरी शाहले मंगलबार बैंकको प्रधान कार्यालयमा एक समारोहका बीच उनलाई सम्मन गरे ।
मेगा बैंककी नायब महाप्रबन्धक श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ जितेकी थिइन् ।
एसियाका एक उत्कृष्ट महिलालाई प्रदान गरिने यो अवार्डका लागि ३२ राष्ट्रका सफल महिला, उद्यमी एवं व्यवसायीहरु प्रतिस्पर्धामा थिए ।
देशको आर्थिक विकास, मानवीयता तथा सामाजिक कार्यमा विशेष योगदान पुराएका कारण श्रेष्ठलाई छनौट गरिएको एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसन (इइइएफ) ले जानकारी दिएको छ ।