क्याबिनेटमा राउटे

125
  •  
  •  
  •  

काठमाडौं २८ भदौ ।
प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न दैलेखबाट राजधानी आइपुगेका चार जना राउटेलाई दुई घन्टाको प्रतिक्षापछी सुरक्षाकर्मीले बोलाए । प्रधानमन्त्री निवास बालुवाटारको गोप्य बैठक कक्षमा तीन पटक चीया समोसा र रसबारी तरकारी खाइसकेका उनीहरु क्याबिनेट बैठक कक्षतीर लागे मुखिया सुर्जेनारायणकासाथ । पहेलो सोफामा चप्पल खोलेर खाली खुट्टा बसिरहेका प्रधामन्त्रीलाई राउटेहरुले दैलोबाटै दुई हात जोडेपछी नमस्कार फर्काउदै कोइरालाले भने, ‘आउनुहोस आनुहोस ।’ बैठककक्षमा काँग्रेस नेता रामचन्द्र पौडेल हर्बल टि पिउदै थिए भने प्रधानमन्त्रीको टेबुलमा दुई गिलास जुस राखिएका थिए । राउटे पस्ने बित्तिकै परराष्ट्र मन्त्री र अर्थमन्त्री बाहिरिए । कोइरालाले ‘परराष्ट्रमन्त्रीलाई पनि बोलाइदिनुहोस,’ भनेपछी सहयोगीले परराष्ट्रमन्त्री महेन्द्र पान्डेलाई बैठककोठामा बोलाए । उनीसँगै फेरी आए अर्थमन्त्री रामशरण महत । प्रधानमन्त्रीलाई काठको कोषी कोशेली बोकेर आएका ४० वर्षीय मुखियाले पानी थाप्न प्रयोग हुने काठे कोषी प्रधानमन्त्रीको कालो भादगाउले टोपीमाथी हालिदिए । ‘ल ल पुग्यो’ भनी बायापट्टीको सोफामा बसेका नेता पौडेलले भनेपछी काठको कोषीलाई टेबुलमा राखे प्रधानमन्त्रीले । ‘उहा अर्थमन्त्री उहा चाहि पराराष्ट्रमन्त्री’ भनी पौडेलले नै दुबैको परिचय राउटेलाई सुनाएपछी मुखिया रोटी बेल्ने काठको चौका उपहार दिन अर्थमन्त्रीतीर सरे । उनले हास्दै उपहार स्विकार गरीरहदा प्रधानमन्त्रीले भने ‘बेल्ने चाहि रहेनछ ।’ राउटे मुखिया पौडेल छेउको साफोमा आई बसे । कोइरालाले सोधे ,’तपाईहरुको कता पर्‍यो ?’ मुखियाले भने, ‘दैलेखतीर बसेका छौ ।’ ‘प्रधानमन्त्रीले राम्ररी सुनेनछन क्यार ‘कता सुर्खेत ।’ मुखियाले भने, हजुर दैलेख ।’ ‘ल भन्नुहोस के छ समस्या ?’ कोइरालालले सोधे । राउटे मुखियाले बोल्नथाल्नुअघि अर्थमन्त्री छेउमै बसेका महेन्द्र पान्डेलाई सोधे । ‘हजुर कुन मन्त्री हुनुहुन्छ ?’ ‘परराष्ट्र मन्त्री ।’ पान्डेले आफ्नो मन्त्रालयबारे भने । तर प्रष्ट नेपाली नबुझ्ने राउटे मुखियाले बुझ्न सकेनन । ‘ प्रकासमन्त्री ए ।’ मुखियाले गलत उच्चारण गर्दै समस्या सुनाउन शूरु गरे । ‘हामी नम्बर नचिन्ने मान्छे । हजुरहरुको दर्शन गर्न चाहान्थ्यौ । मरी मरी काठमाडौं आएका छौ । उता मेरा जनता भोकै छन । मन्त्रीज्यूले मर्जी भए अलिकति सहयोग गरिदिनुपर्‍यो । भनिदिनुपर्‍यो ।’ मुखियाले अलमल गर्दै प्रष्ट नभनेपछी अर्थमन्त्री बोले । ‘अहिलेको समस्या के हो भन्नुहोस ।’ राउटेहरुलाई प्रधानमन्त्री कार्यालय पुर्‍याउने कनटेम्प्रोरी भिजन प्रालिका अध्यक्ष हरि थापाले उनीहरुकाबारे बताइदिए । थापाले राउटेबारे बताइदिदै थिए । अर्थमन्त्रीले मुख्य सचिव लिलामणी पौडेललाई फाने गरे । ‘मुख्यसचिवज्यू यता प्रधानमन्त्रीलाई भेट्न राउटे आइपुगेका छन् । माधवजीका पालादेखी केहि दिने गरीएको रहेछ । के छ ब्यवस्था अलिकति बृद्धि गरेर दिने ब्यवस्था मिलाउनु पर्‍यो । सचिवहरुलाई भनिदिनु । पर्सी आइतबार यीनीहरु हिडीहाल्छन । आउने बित्तिकै पाउने गरी केही (नगद) ब्यवस्था गरिदिनु ।’ अर्थमन्त्रीले मुख्य सचिवसँग गरेको संवाद सुनिरहेका प्रधानमन्त्रीले थपे । ‘कल्लाई भेट्ने यो पनि भनिदिनुहोस ।’ अर्थमन्त्रीले राउटेलाई सघाउने थापालाई आफुलाई टेलिफोन गर्न भनेपछी शनिबारै हिडिहाल्ने मनस्थिती बनाएका राउटे मुखिया आइतबार सरकारले दिने रकम लिन बस्न त्यही मंजुर भए । प्रधानन्त्री र अर्थमन्त्रीले हात बढाउदै विदाई गरेपछी तीन जना राउटे क्याबिनेट बैठक कोठाबाट बाहिरीए । तर मुखिया भने भित्र केही सामान हराए झै खोजीमा लागे । दैलेखबाटै साथमा लौरो ल्याएर आएका उनले त्यसो कता पो राखेछन । क्याबिनेट बैठककक्षबाहिर आएपछी उनी निलो बैठक कोठा, गोप्य बैठक कोठा र सहयोगी बस्ने कक्षका भर्‍याङ्ग, सोफा, ग्यालेरीतीर हस्याङ्गफस्याङ्ग गर्दै लौरो खोजिरहेका थिए । मुखियाको हर्कत नियालिरहेका एक मर्यादापालकले ‘लठ्ठी खोजेको हो भनी सोधेपछी मुखियाले हो भने । मुखियाको लौरो बाहिर गमलाको बिचमा भेटीयो । लौरो भेटेपछी खुसी हुदै मुखिया तीन जनतासँगै बालुवाटारबाट बाहिरीए ।
कान्तिपुरबाट


  •  
  •  
  •