राउटे बस्ती प्रवेशमा निषेध, २२ प्रहरी खटाइयाे

94
  •  
  •  
  •  

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्ती प्रवेशमा निषेध  गर्ने निर्णय गरेको छ। राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हाे।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असुरक्षा बढेपछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाइएको छ । राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले बस्ती सिल गरिएको हो। बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रहरीले जनाएको छ।

राउटे युवतीलाई रक्सी खुवाएर अश्लील हर्कत गर्ने तीन पक्राउ


  •  
  •  
  •