रौतहटमा प्रहरी र प्रर्दशनकारीबीच झडप, ४ राउन्ड गोली चल्यो, १७ घाइते

134
  •  
  •  
  •  

रौतहट, २० चैत (ओएनएस) : रौतहटको सदरमुकाम गौरबाट सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयविरुद्ध भईरहेको आन्दोलनमा शुक्रबार दिउँसो अान्दोलनकारी र प्रहरीबीच झडप भएकाे छ । झडपमा  प्रहरी र प्रर्दशनकारी गरि १७ जना घाईते भएको छ ।

प्रर्दशनको क्रममा २० राउण्ड आश्रु ग्यास र ४ राउण्ड गोली चलेको छ गोली लागि मुडवलवा ६ का विद्यानन्द राय यादव र पुर्व सभाषद बबन सिंह घाईते भएको छ भने अन्यहरुको टाउको, शरिमा चोट लागेको छ ।

४ प्रहरी घाइते भएका छन् । प्रहरी जवान विरेन्द्र यादवकोे २ वटा औला काटिएको छ भने रिसी मण्डलको नाकमा चोट लागेको छ ।

सरकारले रौतहट सदरमुकाममा रहेका नापी, मालपोत र भूमिसुधार कार्यालय चन्द्रनिगाहपुर पनि विस्तार गर्ने निर्णय गरेको विरोधमा तीन दिनदेखि स्थानीय विरोधमा उत्रिएका छन् ।


  •  
  •  
  •