काठमाडौं, ३० असार (ओएनएस) । रौतहट जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी (एलडियो) बसन्त भण्डारीलाई अख्तियार दुरपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ गरेको छ ।
उनलाई अख्तियारको टोलीले सेवाग्राहीबाट १ लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
उनी रौतहस्थित आफ्नै सरकारी निवासबाट पक्राउ परेका हुन् । उनले एक आयोजनाको भुक्तानीका लागि ४ लाख घुस मागेकोमा मोलमोलाई हुँदा एक लाख २० हजारमा कुरा मिलेपछि आज उनी आफ्नै निवासमा सेवाग्राहीबाट सो घुस लिन लागेका थिए । उनलाई आजै अख्तियारले काठमाडौं ल्याउने जनाइएको छ ।