६ बुँदे सहमतिपछि गौर आन्दोलन फिर्ता

321
  •  
  •  
  •  

काठमाडौं २५ चैत (ओएनएस) : लामो समयको आन्दोलनपछि रौतहटको गौर आजबाट शान्त भएको छ । सरकार र आन्दोलनकारीबीच ६ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । आज बिहानबाट गौरबजार खुलेको छ । आन्दोलनको नेतृत्व गरिरहेको उद्योग वाणिज्य संघले को आज बुधवार बिहानदेखि फिर्ता भएको जनाएको छ । चैत २ गतेदेखि आन्दोलन सुरु भएको थियो ।

स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ, नागरिक समाज, निर्माण व्यवसायी संघ र नेपाल पत्रकार महासंघको सहभागितामा भएको बार्तापछि आन्दोलन फिर्ता भएको हो। प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आन्दोलनकारीका अधिकांस माग पुरा भएको जानकारी दिए।

बार्तामा सशस्त्र प्रहरीको ठक्करबाट ज्यान गुमाएका ठाकुरलाई सहिद घोषणाको सिफरिस, मृतक परिवारलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनको क्रममा भएका घटनाबारे छानविन टोली गठन गर्ने, मृतकका परिवारका एक सदस्यलाई सीपअनुसारको सरकारी जागिर दिने सहमति भएको छ ।

आन्दोलनका क्रममा सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट गौर नगरपालिका १० का रामआषिस ठाकुरको ज्यान गएपछि शनिबारदेखी आन्दोलन थप चर्किएको थियो।


  •  
  •  
  •