सडकमा चार बालिकाको शव राखेर प्रदर्शन

260
  •  
  •  
  •  

daed body
रौतहट, २२ साउन (ओएनएस) : रौतहटको गरुडामा सडक बनाउने क्रममा बनाइएका खाल्डोमा परि ज्यान गुमाएका चार बालिकाका आफन्त शव सडकमै राखेर प्रदर्शनमा उत्रेका छन् ।

सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध बालिकाको ज्यान गएको भन्दै स्थानीयबासी आक्रोशित हुँदै प्रर्दशनमा उत्रेका हुन् ।

उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन्। सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको उनीहरुको आरोप छ ।

स्थानीय महन्थ साहले दोषीलाई कारबाही नगरेसम्म शव नउठाउने चेतावनी दिए। उनले ठकेदारलाई पटक पटक खाल्डा पुर्न भनेपनि अटेर गरेको आरोप लगाए ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले घटनाबारे अध्ययन अनुसन्धान भइरहेको र दोषीलाई कारबाही हुने बताएका बताएका छन् ।


  •  
  •  
  •