सडकमा परेको खाल्डोमा डुबेर एकै परिवारका चार बालिकाको मृत्यु

176
  •  
  •  
  •  

रौतहट, २१ साउन (ओएनएस) : रौतहटको गरुडा नगरपालिका–४ मा सडक बनाउन परेको आल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको छ।

खाल्डोमा परेर स्थानीय राम एकवाल साहकी छोरीहरु १२ वर्षीया संगीता साह, ९ वर्षीया सुनिता, योगेन्द्र साहकी ९ वर्षीया छोरी सुनैना साह, प्रेम साहकी छोरी ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको हो । उनीहरु एकै परिवारका भएकाे बताइएकाे छ ।

घाँस काट्न गएका चारै जना बालिका खाल्डोमा डुबेको अवस्थामा फेला परेको ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए ।

बिहान घाँस काट्न घरबाट निस्केका बालिका दिउँसो साढे दुई बजेसम्म घर नफर्केपछि परिवारले खोजी सुरु गरेका थिए।

चन्द्रनिगाहपुर–गौर सडकसँग जोडिएको नयाँ कच्ची बाटो निर्माणको क्रममा खेतमा खनेको करिब आठ फिट गहिरो खाल्डोमा चारै
जना बालिका डुबेको स्थानीयले बताएका छन् ।


  •  
  •  
  •